चितवन स्थित उज्वल महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवन स्थित उज्वल महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

चितवन । रत्ननगर नगरपालिका ०१, चितवन स्थित उज्वल महिला बचत तथा ऋण सहकारी संस्था लि.नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) मा माघ १६ गते आबद्ध भएको छ । 

संघले संघ÷संस्थाहरुको नियमित रुपमा निरीक्षण तथा अनुगमन गरी जोखिमको स्तर निर्धारण, जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चित गर्न, स्तरीकरण कार्यक्रम एक्सेस, प्रोवेसन तथा कब्र्स गुणस्तर सुनिश्चितता, जोखिम सुपरिवेक्षण, व्यवस्थापकीय क्षमता विकास, स्वनियमन सक्षमता विकासको लागि नयाँ परिमार्जन कार्यक्रम ९स्क्यान) ल्याएको हो ।

सहकारी ऐन, २०७४ को दफा २५ र दफा ९९ द्वारा प्रदान गरिएको कानूनी आधारमा सम्पन्न सम्झौता अनुसार सहकारी संस्थाहरूले जोखिम व्यवस्थापन, वित्तीय विश्लेषण, गुणस्तरीय सेवा अभिवृद्धि तथा संस्थागत पृष्ठपोषणलाई प्राथमिक कार्यक्षेत्रका रूपमा अघि बढाएको छ । सहकारीलाई थप ब्यवस्थित बनाउन नियमनकारी निकायहरुद्धारा दिईएका निर्देशिका अनुरुप साकोसले परिपालना गर्नुपर्ने निति नियमको पालनाको अवस्थाको बिश्लेषण गर्ने कार्य गर्न संघले नियमित सुपरिवेक्षण, वित्तीय सूचकाङ्क मूल्यांकन, आन्तरिक नियन्त्रण परीक्षण स्क्यानका सूचकका आधारमा निरन्तर अनुगमन गर्नेछ ।

उज्वल महिला साकोसका उपाध्यक्ष अम्विका पुरी, सचिव रन्जना अधिकारी, कोषाध्यक्ष जानकी अर्याल,चिस्कूनका कार्यक्रम अधिकृत पुरुषोत्तम ढकाल तथा नेफ्स्कूनका बरिष्ठ अधिकृत नविन राज दाहाल, व्यवसाय अधिकृत यमकला सुवेदीको रोहबरमा संस्थाका अध्यक्ष चन्द्रकुमारी चौधरी तथा संघका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालको हस्ताक्षरमा सम्झौता सम्पन्न भएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप