निष्ठा साकोसमा तीन दिने रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
निष्ठा साकोसमा तीन दिने रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बुटवल । निष्ठा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहजीकरणमा तीन दिने रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला माघ १८ गते सम्पन्न भएको छ । 

माघ १६ गते शुक्रबारबाट सुरु भएको कार्यशाला माघ १८ गतेसम्म सञ्चालन भएको थियो । सहकारीको १६ औँ वार्षिक साधारणसभाको निर्णय अनुसार नै कार्यशाला गर्न लागिएको संस्थाका व्यवस्थापक प्रेम बहादुर गोदारले बताउनु भयो  । 

उक्त कार्यक्रम सहकारीका अध्यक्ष लाल बहादुर बस्नेतको अध्यक्षता, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । साकोसका व्यवस्थापक प्रेम बहादुर गोदारले सञ्चालन गरेको कार्यशालामा नेफ्स्कूनका कार्यक्रम अधिकृत रविन्द्र श्रेष्ठ र सरोज गणेशले सहजीकरण गरेका गर्नुभएको थियो । 

संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले शुभकामना मन्तव्यका क्रममा आजको प्रतिस्पर्धी, प्रविधिमैत्री र द्रुत रूपमा परिवर्तनशील वित्तीय वातावरणमा सहकारी संस्थाहरूले दीगो रूपमा अघि बढ्न रणनीतिक सोच, स्पष्ट लक्ष्य र व्यवस्थित व्यवसायिक योजना अनिवार्य भइसकेको छ । सहकारीहरू केवल बचत र ऋणको सीमामा सीमित नरही सदस्य केन्द्रित, पारदर्शी, जोखिम सचेत र दिगो संस्थाका रूपमा विकास हुन रणनीतिक व्यवसायिक योजना अत्यन्तै महत्वपूर्ण औजार भएकाले यस कार्यशालाले संस्थाको दीर्घकालीन ध्येय र परिकल्पना स्पष्ट पार्न, वित्तीय तथा संस्थागत जोखिम पहिचान गर्न, सेवा विस्तार र सदस्य सन्तुष्टि अभिवृद्धि गर्न, सुशासन, उत्तरदायित्व र पारदर्शिता मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको र अन्त्यमा यस कार्यशालाको संस्थाले तय गरेको दिर्घकालिन र अल्पकालीन लक्ष्य प्राप्त गर्न सकोस भन्दै कार्यक्रमको शुभकामना व्यक्त गर्नुभएको थियो ।

सहकारीले रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ४,५,६ र ७ तथा शुद्वोधन गाउँपालिका वडा नम्बर ७ लाई कार्य क्षेत्र बनाउँदै आएको छ । वि.स. २०६६ सालमा २८ जना शेयर सदस्यबाट १४ लाख चुक्ता पुँजी संकलन गरी सुरु गरेको सहकारीमा हाल ६६३ जना महिला र ४४६ जना पुरुष गरी ११०९ शेयर सदस्य रहेका छन् । कुल पूँजी २८ करोड रहेको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप