पाञ्चायण महिला साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पाञ्चायण महिला साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

भक्तपुर । भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिका ३, ब्रम्हनगर स्थित पाञ्चायण महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) कार्यान्वयनका लागि औपचारिक रूपमा माघ १९ गते सम्झौता गरीे कार्यक्रममा आबद्ध भएको छ ।

कार्यक्रम अधिकृत सुमनराज घिमिरेले सम्झौता पछि सञ्चालक तथा व्यवस्थापनलाई स्क्यान कार्यक्रमको महत्व र यसले संस्थाको व्यवसायिकतामा पार्ने सकारात्मक प्रभावका बारेमा अभिमुखीकरण गर्नुभएको थियो । 

संस्थाका व्यवस्थापक रेखा उपाध्याय गौतमले स्क्यान कार्यक्रमले निर्दिष्ट गरेका मार्गदर्शन कार्यान्वयनमा कुनै कमी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै सदस्य सुरक्षा र सन्तुष्टि सहितको सुशासित संस्था निर्माणका लागि व्यवस्थापन र सञ्चालक सदैव लागि पर्ने बताउनु भयो ।

संस्थाका अध्यक्ष संगीता पराजुलीले स्क्यान कार्यक्रममा आबद्ध हुन पाउँदा संस्था उत्साहित भएको र यसले संस्थालाई थप व्यवस्थित र जिम्मेवार बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयको छ । ५५४ जना शेयर सदस्यहरू रहेको यस संस्थाको शेयर पूँजी ८६ लाख भन्दा बढी रहेको छ भने संस्थाको कुल सम्पत्ति रु. ९ करोडभन्दा बढी रहेको छ , ऋण लगानी रु. ३ करोडभन्दा बढी संस्थाको कुल बचत संकलन रु. ६ करोडभन्दा बढी रहेको छ । 

स्क्यान कार्यक्रम नेफ्स्कूनद्वारा सञ्चालित एक नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम हो । यो कार्यक्रम बचत तथा ऋण सहकारी संस्थाहरूको वित्तीय सुशासन, जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चितता गरी सदस्यहरूको बचतलाई सुरक्षित र स्वस्थ बनाउने विशिष्ट उद्देश्यका साथ लागू गरिएको छ । नेफ्स्कूनको पूर्ववर्ती स्तरीकरण कार्यक्रम (जस्तैः एक्सेस, प्रोवेसन) को परिमार्जित र एकीकृत स्वरूप हो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप