धनुषाको सुलभ साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धनुषाको सुलभ साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध 

धनुषा । सुलभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड मिथिला नगरपालिका –१० धनुषा , नेफ्स्कूनद्वारा सञ्चालनमा रहेको नियमित निरिक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रममा फागुन ०८ गते आबद्ध भएको छ ।

संघले एक्सेस, प्रोवेशन तथा जोखिममा आधारित साकोस विकास कार्यक्रम सञ्चालन गर्दै आएकोमा ३८औँ स्थापना दिवसको अवसर पारेर स्क्यान कार्यक्रमको शुभारम्भ गरेको हो । सहकारी ऐन, २०७४ को दफा २५ तथा दफा ९९ ले प्रदान गरेको कानुनी आधारमा सम्पन्न सम्झौताअनुसार सहकारी संस्थाहरूले जोखिम व्यवस्थापन, वित्तीय विश्लेषण, गुणस्तरीय सेवा अभिवृद्धि तथा संस्थागत सुदृढीकरणलाई प्रमुख कार्यक्षेत्रका रूपमा अघि बढाउने लक्ष्य लिएको छ ।

सहकारी संस्थालाई थप व्यवस्थित र सुदृढ बनाउने उद्देश्यले नियमनकारी निकायहरूद्वारा जारी निर्देशिका अनुसार साकोसले पालना गर्नुपर्ने नीति तथा नियमहरूको अवस्थाको विश्लेषण गर्न संघले नियमित सुपरिवेक्षण, वित्तीय सूचकाङ्क मूल्याङ्कन तथा आन्तरिक नियन्त्रण परीक्षण स्क्यानका सूचकका आधारमा निरन्तर अनुगमन गर्नेछ ।

स्क्यान कार्यक्रम मार्फत साकोसहरूको वित्तीय सुशासन प्रवर्द्धन, सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रतिवेदन तोकिए बमोजिम सम्बन्धित निकायमा पेश गर्ने प्रणालीको प्रभावकारी कार्यान्वयन, भाखा नाघेको ऋण असुलीमा सुधार, जोखिम व्यवस्थापन तथा सक्षमता विकास गर्ने लक्ष्य लिइएको छ । साथै गुणस्तर सुनिश्चितता कार्यक्रम मार्फत ब्रान्ड प्राप्ति, योजनाबद्ध रूपमा साकोस सञ्चालन, सहकारीमैत्री व्यवस्थापन, क्युरिमा ३६० अनुसार क्षेत्रगत जोखिम न्यूनीकरण तथा सदस्यहरूको बचतलाई सुरक्षित र स्वस्थ बनाउने विशिष्ट उद्देश्यसहित कार्यक्रम लागू गरिएको हो ।

सम्झौतामा नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल र संस्थाका  व्यवस्थापक इशारा श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । साकोसका तर्फबाट अध्यक्ष शिव कुमार सुनुवार  साथै नेफ्स्कूनको तर्फबाट जनकपुर सदस्य सेवा कार्यालय प्रमुख राजेन्द्र ढकाल र सहजकर्ता श्याम बुढाथोकीको रोहवरमा स्क्यानको औपचारीक सम्झौता सम्पन्न भएको थियो । 

भर्खरै
आइडियल बचत तथा ऋण सहकारी संस्थामा नेफ्स्कूनको स्क्यान कार्यक्रमअन्तर्गत स्थलगत सुपरिवेक्षण सम्पन्न
आइडियल बचत तथा ऋण सहकारी संस्थामा नेफ्स्कूनको स्क्यान कार्यक्रमअन्तर्गत स्थलगत सुपरिवेक्षण सम्पन्न

९ घण्टा अगाडि

झापामा साकोसका समसामयिक समस्या र आगामी कार्यदिशाबारे नेफ्स्कूनको दुईदिने अन्तरक्रिया सम्पन्न
झापामा साकोसका समसामयिक समस्या र आगामी कार्यदिशाबारे नेफ्स्कूनको दुईदिने अन्तरक्रिया सम्पन्न

१३ घण्टा अगाडि

ACCESS अनुगमनकर्ताको क्षमता अभिवृद्धिका लागि एशियाली ऋण महासंघ र नेफ्स्कूनबीच भर्चुअल अभिमुखीकरण सम्पन्न
ACCESS अनुगमनकर्ताको क्षमता अभिवृद्धिका लागि एशियाली ऋण महासंघ र नेफ्स्कूनबीच भर्चुअल अभिमुखीकरण सम्...

१ दिन अगाडि

स्थिरीकरण कोषको पाँचौँ वार्षिक परामर्श बैठक पुस ४ गते काठमाडौंमा हुने
स्थिरीकरण कोषको पाँचौँ वार्षिक परामर्श बैठक पुस ४ गते काठमाडौंमा हुने

३ दिन अगाडि

अटोमोबाइल्स साकोसको नेतृत्व क्षमता अभिवृद्धि तालिम सम्पन्न
अटोमोबाइल्स साकोसको नेतृत्व क्षमता अभिवृद्धि तालिम सम्पन्न

३ दिन अगाडि

ठूला वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरूसँग नेफ्स्कूनको छलफल, सदस्यता र भावी कार्यदिशामा विमर्श
ठूला वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरूसँग नेफ्स्कूनको छलफल, सदस्यता र भावी कार्यदिशामा विमर्श

४ दिन अगाडि

नेफ्स्कूनद्वारा पुराना कार्यालय सामग्री लिलाम बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान
नेफ्स्कूनद्वारा पुराना कार्यालय सामग्री लिलाम बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान

६ दिन अगाडि

नेफ्स्कूनको ३५औँ वार्षिक साधारणसभा पुस ३ गते भक्तपुरमा हुने
नेफ्स्कूनको ३५औँ वार्षिक साधारणसभा पुस ३ गते भक्तपुरमा हुने

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा पुराना कार्यालय सामग्री लिलाम बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान
नेफ्स्कूनद्वारा पुराना कार्यालय सामग्री लिलाम बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान

६ दिन अगाडि

साकोस शिखर गोष्ठी २०८३ का लागि दर्ता खुला
साकोस शिखर गोष्ठी २०८३ का लागि दर्ता खुला

७ दिन अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२८ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

२८ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

२८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

९१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६१ दिन अगाडि

पाठकबाट थप