राधास्वामी साकोस र धादिंग मण्डली साकोस स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
राधास्वामी साकोस र धादिंग मण्डली साकोस स्क्यान कार्यक्रममा आबद्ध

काठमाडौ । नेफ्स्कून सदस्य सेवा कार्यालय गंगवु र कलंकी अन्र्तगत नेफ्स्कूनको स्क्यान कार्यक्रममा दुई साकोस फागुन १७ गते आबद्ध भएका छन । धादिंग मण्डली बचत तथा ऋण सहकारी संस्था लि. काठमाडौं १४ र  राधा स्वामी बचत तथा ऋण सहकारी संस्था लि. टोखा ११ को सम्झौता भएको हो । 

धादिंग मण्डली साकोस
नेफ्स्कुनद्धारा सदस्य संस्थाको आन्तरिक तथा बाह्य जोखिम न्युनीकरणमा सहयोग गर्ने तथा सुशासन प्रवद्धन र सुरक्षित तथा व्यवसायिक संस्था निर्माणमा सहयोग गर्ने उद्देश्यले सञ्चालित कार्यक्रम नियमित निरिक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम अन्र्तगत सुपरिवेक्षणका साथै पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोवेसन) मा आवद्धताको लागि सञ्चालक समिति वैठक सहित नेफ्स्कून र संस्था बिच सम्झौता सम्पन्न भएको हो । यस अघि जोखिममा आधारित साकोस सुपपरिवेक्षण कार्यक्रम (कर्वस) मा अभ्यासरत यस संस्थाले सम्झौता पछि प्रोवेसनका सूचक अभ्यास सँगै व्यवसायिकता विकास तथा जोखिम सुपरिवेक्षणका सुचकमा अभ्यास गरी समयमा जोखिम न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा सहित सहभागी भएको संस्थाका व्यवस्थापक रसिक दुवाडी तथा सचिव भास्कर खनालले बताउनु भयो ।

अध्यक्ष अर्जुन भट्टले संस्थाको  नियामकीय प्रतिवेदन, कानुनी जोखिमको अवस्था, वित्तीय जोखिम, बजार जोखिम तथा सुशासन जोखिमका क्षेत्रमा कार्यक्रमबाट आवश्यक मार्गदर्शनको अपेक्षा रहेको र कार्यान्वयनमा प्रतिवद्ध रहने बताउनुभयो ।  

यस अघि सञ्चालन भएको स्थलगतका प्रतिवेदनमाथि छलफल सम्पन्न गर्दै संस्थाका सञ्चालक समिति पदाधिकारी तथा सदस्यहरु, व्यवस्थापनको सहभागितामा स्क्यान सम्झौता  सम्पन्न  भएको हो ।
स्क्यान कार्यक्रमका सम्झौतामा नेफ्स्कूनको अनुगमन सहजकर्ता लीला अम्गाइ र संस्थाका व्यवस्थापक  रसिक दुवाडी, उपाध्यक्ष संगीता रिजाल तथा अन्य सदस्यहरु, व्यवस्थापन कर्मचारीहरुको रोहवरमा सम्झौतापत्रमा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकाल र संस्थाका अध्यक्ष अर्जुन भट्टकोे हस्ताक्षरमा सम्पन्न भएको छ । स्क्यान तथा प्रोवेसनको स्थलगत सुपरिवेक्षण यसै हप्ता अनुगमन सहजकर्ता लीला अम्गाइ,  कार्यक्रम अधिकृत सोविता मैनालीले गर्नु भएको थियो ।

राधास्वामी साकोस
केन्द्रीय संघ नेफ्स्कनद्धारा सञ्चालित नियमित अनुगमन तथा निरिक्षण (स्क्यान) कार्यक्रमका सूचकहरुबाट जोखिम स्तर मापन गर्दै प्रोवेसनका सूचकहरुबाट संस्थामा नवीनतम अभ्यास कार्यान्वयन गर्ने,संस्थाका सदस्यको संरक्षण तथा सुरक्षा, व्यवसायिकता विकास, आन्तरिक र वाह्य जोखिम न्यूनीकरण गर्दै सुशासन प्रर्वद्धनमा सहयोग पुग्ने अपेक्षा सहित स्क्यान तथा प्रोवेसन कार्यक्रममा आवद्ध भएको राधास्वामी साकोसका व्यवस्थापक मदन कुमार पण्डितले बताउनुभयो ।

स्क्यान सम्झौता र स्थलगत सुपरिवेक्षण सम्पन्न गर्दै अध्यक्ष दीपक काकीले सुपरिवेक्षणबाट प्राप्त सुझावहरु कार्यान्वयन गर्दै संस्थाको निरन्तर विकासमा व्यवस्थापन तथा सञ्चालक सदैव सक्रिय रहने  बताउनुभयो । कार्यक्रमबाट संस्थाको वित्तीय सूचक सुधार, नियामकीय व्यवस्थाको अद्यावधिक गर्न, सुशासन कायम गर्न, सदस्यहरुको विश्वास तथा संरक्षणमा सहयोग पुगेको तथा निरन्तर मार्गदर्शनको अपेक्षा गरेको बताउनुभयो । 

स्क्यान कार्यक्रमका सम्झौतामा नेफ्स्कुनको अनुगमन सहजकर्ता शम्भू घिमिरे र संस्थाका व्यवस्थापक  मदन कुमार पण्डित तथा अन्य सदस्यहरु, व्यवस्थापन कर्मचारीहरुको रोहवरमा सम्झौतापत्रमा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकाल र संस्थाका अध्यक्ष दीपक कार्कीकोे हस्ताक्षरमा सम्पन्न भएको छ  । स्क्यान तथा प्रोवेसनको स्थलगत सुपरिवेक्षण अनुगमन सहजकर्ता शम्भू घिमिरे तथा र दीपक अर्यालले गर्नु भएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप