थानकोट स्थित चन्द्रागिरि साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 थानकोट स्थित चन्द्रागिरि साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

काठमाडौ । नेफ्स्कून सदस्य सेवा कार्यालय कलंकी अन्तर्गत रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. नेफ्स्कूनको स्क्यान कार्यक्रममा फागुन १९ गते आबद्ध भएको छ । 

एशियाली ऋण महासंघको सहयोगमा नेफ्स्कूनद्धारा सञ्चालित स्तरीकरण कार्यक्रम एक्सेस कार्यक्रममा विगत ७ वर्षदेखि सहभागी रहेको चन्द्रागिरि साकोसको आन्तरिक तथा बाह्य जोखिम व्यवस्थापन, सदस्य संरक्षण,  नियामकीय व्यवस्थामा भएका परिवर्तन बमोजिम अद्यावधिक गर्न स्क्यान तथा एक्सेस कार्यक्रममा आवद्ध भएको हो ।नेफ्स्कूनद्धारा सदस्य संस्थाको आन्तरिक तथा बाह्य जोखिम न्युनीकरणमा सहयोग तथा सुशासन प्रर्वद्धन गर्ने र सुरक्षित तथा व्यवसायिक संस्था निर्माणमा सहयोग गर्ने उद्देश्यले सञ्चालित नियमित निरिक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम अन्र्तगत सुपरिवेक्षणका साथै एक्सेसमा आवद्धताको लागि चन्द्रागिरि साकोसको सञ्चालक समिति वैठकको निर्णय सहित नेफ्स्कून र यस संस्था बिच सम्झौता सम्पन्न भएको हो । 

स्क्यान कार्यक्रमका सूचकमा आधारित रही नियामकीय प्रतिवेदन, कानुनी जोखिमको अवस्था, वित्तीय जोखिम, बजार जोखिम तथा सुशासन जोखिमका क्षेत्रमा यस कार्यक्रमबाट आवश्यक सुपरिवेक्षण सहित संस्थाको व्यवसायिकता र सेवाको गुणस्तर वृद्धिका लागि एक्सेसका ८६ सूचकमा विगतदेखि नै अभ्यास हँुदै आएकोमा निरन्तरता दिँदै अझ सबल र सुरक्षित संस्था निर्माणमा यस कार्यक्रमबाट सहयोग पुग्ने अपेक्षा रहेको प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठले बताउनुभयो ।  
 
स्क्यान सम्झौताका क्रममा संस्थाका उपाध्यक्ष हरिहर सिग्देलले स्तरीकरण कार्यक्रममा आवद्ध भइ संस्थाको सुशासन कायम गर्न, वित्तीय सूचक सुधार गर्न, नियामकीय व्यवस्था बमेजिम आन्तरिक कार्यविधिहरु अद्यावधिक गर्न, नविनतम अभ्यासहरु कार्यान्वयन गर्न यस कार्यक्रम मार्फत सदस्यहरुको विश्वास तथा संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेफ्स्कूनको नियमित सुपरिवेक्षणबाट हालसम्म संस्था सुधारमा नियमित मार्गदर्शन प्राप्त गरेको तथा संस्थाको निरन्तर विकासमा साकोसको सञ्चालक र व्यवस्थापन सदैव सक्रिय रहने बताउनु भयो । 

स्क्यान कार्यक्रमको सम्झौता पत्रमा नेफ्स्कूनका कार्यक्रम अधिकृत सोविता मैनाली र अनुगमन सहजकर्ता लीला अम्गाइ तथा चन्द्रागिरि साकोसका उपाध्यक्ष हरिहर सिग्देल, कोषाध्यक्ष मीना कुमारी खराल, व्यवस्थापक सुमित्रा त्रिपाठी र व्यवस्थापन कर्मचारीहरुको रोहवरमा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकाल र चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठको हस्ताक्षरमा सम्झौता कार्यक्रम सम्पन्न भएको छ । 

भर्खरै
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

२ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

२ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

४ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

५ दिन अगाडि

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन
धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१२ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

२९ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप