लक्ष्मी महिला साकोसमा नेतृत्व क्षमता विकास तथा रणनीतिक योजना समीक्षा कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लक्ष्मी महिला साकोसमा नेतृत्व क्षमता विकास तथा रणनीतिक योजना समीक्षा कार्यशाला सम्पन्न

काभ्रे । लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहजीकरणमा नेतृत्व क्षमता विकास तथा रणनीतिक योजना समीक्षा कार्यशाला पनौति नगरपालिका बल्थलि स्थित थुम्कि रिसोट्मा फागुन २४ गते सम्पन्न भएको छ । 

साकोसमा अध्यक्ष हिमाली श्रेष्ठले कार्यक्रमको उद्देश्य तथा औचित्यबारे प्रकाश पार्दै साकोसको दिगो विकास र प्रभावकारी सञ्चालनका लागि नेतृत्व क्षमता विकास अत्यन्त आवश्यक रहेको यस्ता कार्यशालाले साकोसका पदाधिकारी तथा कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी स्पष्ट रूपमा बुझ्न र सहकारीका सिद्धान्त तथा सुशासनलाई व्यवहारमा उतार्न मद्दत गर्ने उल्लेख गर्नुभयो । साथै संस्थाको रणनीतिक योजनाको समीक्षा गर्दै आगामी दिनमा संस्थालाई अझ सुदृढ, पारदर्शी र सदस्यमैत्री बनाउने दिशामा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

नेफ्स्कूनका प्राचार्य बल्लभ तिमल्सिनाद्धारा फागुन २३ र २४ दुइ दिवसीय कार्यशालामा साकोसका सञ्चालक समिति पदाधिकारी, लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा कर्मचारी प्रमुखहरूको उपस्थितिमा सञ्चालन भएको थियो । संघले साकोस सञ्चालनका आधारभूत सिद्धान्त, मूल्य, मान्यता, सुशासनका सवाल तथा संस्थागत सक्षमता विकासको बहुआयामिक विषयवस्तु सेमेटेर दुई दिने  कार्यशाला ल्याएको हो ।

साकोसका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीले सञ्चालन गरेको कार्यशालामा सहकारी तथा बचत ऋण सहकारीको परिभाषा, बचत ऋण सहकारीका वस्तु तथा सेवा बारे जानकारी, सहकारीका उद्देश्यहरु, सहकारीको मूल्य मान्यता र सिद्धान्तहरु, संञ्चालक समितिको परिभाषा र भूमिका, योग्यता, काम कर्तब्य र अधिकार, लेखा सूपरिवेक्षण समिति संयोजकको जिम्वेवारी र भूमिका र आन्तरिक नियन्त्रण प्रणाली जस्ता आधारभूत विषयवस्तुबारे प्रशिक्षण भएको थियो । 

सहकारी संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा कर्मचारीहरूको नेतृत्व क्षमता विकास गर्नु  कार्यशालाको उद्धेश्य रहेको छ, साथै सहकारीका सिद्धान्त, मूल्य–मान्यता र सुशासनका विषयमा ज्ञान अभिवृद्धि गर्नु, निर्णय प्रक्रियालाई प्रभावकारी बनाउनु तथा संस्थाको रणनीतिक योजनाको समीक्षा गर्दै आगामी कार्यदिशा तय गर्नु हो।

भर्खरै
स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

११ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

९ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३१ दिन अगाडि

पाठकबाट थप