सामुहिक विकास साकोसद्वारा सञ्चालकहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न; सुशासन र जोखिम व्यवस्थापनमा जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सामुहिक विकास साकोसद्वारा सञ्चालकहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न; सुशासन र जोखिम व्यवस्थापनमा जोड

पोखरा । रूपन्देहीको तिलोत्तमा–३, शंकरनगरमा अवस्थित सामुहिक विकास बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा सञ्चालित ५ दिने ‘सञ्चालकहरूको क्षमता अभिवृद्धि तालिम’ चैत्र ०५ गते, बिहीबार पोखरामा सम्पन्न भएको छ । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक व्यवस्थापनमा चैत १ गतेदेखि ५ गतेसम्म पोखराको लेकसाइड स्थित मझेरी रिसोर्टमा कार्यक्रम सञ्चालन भएको थियो ।

संस्थाका अध्यक्ष पार्थमणि आचार्यको अध्यक्षता तथा नेफ्स्कूनका सञ्चालक समिति सदस्य कमला गिरिको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भएको हो । तालिममा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति र व्यवस्थापनका गरी कुल २३ जनाको सहभागिता रहेको थियो ।

पाँच दिनसम्म चलेको तालिममा नेफ्स्कूनका तालिम तथा स्रोत केन्द्र विभागीय प्रमुख बल्लभ तिमल्सिना र वरिष्ठ अधिकृत कोमलराज अधिकारीले मुख्य प्रशिक्षकका रूपमा प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणका क्रममा सहकारीमा सुशासन व्यवस्थापन, जोखिम व्यवस्थापन, वित्तीय विश्लेषण, भाखा नाघेको ऋण व्यवस्थापन र ऋण प्रशासनका विषयमा गहन छलफल भएको थियो ।

यसैगरी, सञ्चालकको जिम्मेवारी, रणनीतिक योजना निर्माण, साकोसमा नेतृत्वको मूल्य सिर्जना र सम्बन्ध विस्तार जस्ता विषयमा व्यावहारिक अभ्याससहित प्रशिक्षण गराइएको थियो ।

समापन समारोहमा बोल्दै प्रमुख अतिथि कमला गिरिले सहकारी क्षेत्रमा देखा परेका वर्तमान चुनौती र नेफ्स्कूनका गतिविधिबारे जानकारी गराउनुभयो । उहाँले नेफ्स्कूनको स्तरीकरण कार्यक्रममा जोडिएका कुनै पनि सहकारीहरू धराशयी नभएको दाबी गर्नुभयो । “नेफ्स्कूनले आफ्ना सदस्य संस्थाहरूको सुशासन प्रक्रियाको हरबखत अनुगमन गर्ने र सुधारका लागि निरन्तर सुझाव प्रदान गरिरहेको कुरा व्यक्त गर्नुभयो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप