दाङ स्थित जनसेवा साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दाङ स्थित जनसेवा साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

दाङ  । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारी क्षेत्रमा सुशासन, दिगोपन तथा वित्तीय अनुशासन प्रवर्द्धन गर्ने उद्देश्यसहित नियमित रूपमा सञ्चालन गर्दै आएको स्थलगत सुपरिवेक्षण कार्यक्रम अन्तर्गत दाङ स्थित जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चैत्र ६ गते स्थलगत सुपरिवेक्षण सम्पन्न गरेको छ।

सुपरिवेक्षणको प्रमुख उद्देश्य सहकारी संस्थाहरूलाई राज्य तथा नियामक निकायसँग समन्वय गर्दै नीति, निर्देशिका, मापदण्ड र कार्यविधिको प्रभावकारी कार्यान्वयनमा सक्षम बनाउनु, सदस्यहरूको आर्थिक सशक्तिकरणलाई प्रोत्साहन गर्नु तथा बचतकर्ताको विश्वास अभिवृद्धि गर्नु रहेको थियो। 

यस क्रममा संस्थाको पुँजी पर्याप्तता अनुपात, ऋण व्यवस्थापन, सदस्यता प्रणाली, आन्तरिक सुशासन प्रणाली, लेखा प्रणाली, व्यवस्थापन सूचना प्रणाली (MIS) अद्यावधिक, सम्पत्ति शुद्धिकरण निवारण नीति (AML/CFT) तथा भाखा नाघेका ऋण असुलीका विषयमा विस्तृत मूल्यांकन गरिएको थियो। त्यसैगरी बचत तथा ऋण कारोबार, लेखापरीक्षण, लगानी नीति, सेवा–सुविधा, सदस्य सहभागिता, नेतृत्वको पारदर्शिता र निर्णय प्रक्रियालगायतका पक्षहरूको समेत समग्र रूपमा समीक्षा गरिएको थियो। स्क्यान (SCAN)  का सूचकहरूमा आधारित अभ्यासमार्फत सहकारीको वर्तमान अवस्था विश्लेषण गर्दै वित्तीय जोखिम व्यवस्थापन तथा आन्तरिक सुधारका लागि आवश्यक सुझावहरू प्रदान गरिएको थियो।

सुपरिवेक्षण कार्यक्रममा नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत प्रबिण अधिकारी तथा साकोसको तर्फबाट सञ्चालक समिति,लेखा सुपरीबेक्षण समिति लगायत व्यवस्थापनको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले सुपरिवेक्षणका क्रममा प्राप्त सुझाव तथा टिप्पणीहरूलाई व्यवहारमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

भर्खरै
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ घण्टा अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

२ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

४ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ घण्टा अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

११ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत भैरवी साकोसको स्थलगत सुपरिवेक्षण

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप