हाम्रो सुपर साकोस र जनकल्याण साकोस नेफ्स्कूनको स्क्यान तथा व्यवसाय विकास सेवा कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो सुपर साकोस र जनकल्याण साकोस नेफ्स्कूनको स्क्यान तथा व्यवसाय विकास सेवा कार्यक्रममा आबद्ध

नवलपरासी । नवलपरासी सुस्ता पश्चिम स्थित हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था लिमिटेड र जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून) को व्यवसाय विकास सेवा (BDS) कार्यक्रम तथा नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रममा आबद्ध भएका छन । 

सहकारी संस्थाहरूको संस्थागत सुदृढीकरण, वित्तीय अनुशासन, जोखिम न्यूनीकरण तथा सदस्यहरूको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा आबद्धताका लागि  चैत्र ३० गते सम्झौता भएको हो ।

व्यवसाय विकास सेवा कार्यक्रमले “उत्पादनदेखि उपभोक्ता सम्म” वा “सेवादेखि ग्राहक सम्म” को सम्पूर्ण प्रक्रियालाई समेट्दै सदस्यहरूको व्यवसायलाई दिगो र सफल बनाउने लक्ष्य लिएको छ। साथै सदस्यहरूको लगानीलाई उत्पादन, बजार र मूल्य श्रृंखलासँग जोड्ने कार्यमा विशेष जोड दिइनेछ भने नेफ्स्कुनले विगतका एक्सेस, प्रोवेसन तथा कर्ब्स कार्यक्रमबाट प्राप्त सिकाइका आधारमा विकास गरेको स्क्यान कार्यक्रममार्फत आबद्ध सहकारी संस्थाहरूको नियमित निरीक्षण, जोखिम मूल्यांकन तथा गुणस्तर सुनिश्चितता गरिनेछ। यस कार्यक्रमले जोखिम व्यवस्थापन, व्यवस्थापकीय क्षमता विकास, स्वनियमन तथा नियामकीय सक्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्झौता हस्ताक्षर कार्यक्रममा नेफ्स्कूनका तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल र कार्यक्रम अधिकृत प्रबिण हाम्रो सुपर साकोसको तर्फबाट अध्यक्ष बिष्णु प्रसाद बराल, कोषाध्यक्ष रुक्मागत पाण्डे तथा व्यवस्थापक बिष्णु बहादुर बस्नेत लगायत उच्च व्यवस्थापनको उपस्थिति रहेको थियो। त्यसैगरी, जनकल्याण साकोसमा आयोजित कार्यक्रममा अध्यक्ष कुलदीप प्रसाद आचार्य, कोषाध्यक्ष वामदेव अधिकारी तथा व्यवस्थापक यमलाल खरेल लगायत उच्च व्यवस्थापनको सहभागिता रहेको थियो।

कार्यक्रममार्फत सहभागी साकोसहरूलाई संस्थागत सुधार, वित्तीय पारदर्शिता, सेवा विस्तार तथा व्यवसाय विकास सम्बन्धी व्यवहारिक ज्ञान तथा अनुभव आदानप्रदान गर्ने अवसर प्राप्त हुने विश्वास गरिएको छ। साथै, यसले सहकारी संस्थाहरूलाई दिगो र प्रतिस्पर्धी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप