ज्योतिपुञ्ज साकोस स्क्यान कार्यक्रममा आबद्ध 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ज्योतिपुञ्ज साकोस स्क्यान कार्यक्रममा आबद्ध 

काठमाण्डौ । नयाँ बानेश्वर स्थित ज्योतिपुञ्ज साकोसले नेफ्स्कूनद्धारा सञ्चालित नियमित निरिक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रममा वैशाख ०२ गते आबद्धता जनाएको छ । 

संस्थाको मिति २०८२ फाल्गुन ११ गते बसेको सञ्चालक समितिको निर्णय बमोजिम संस्थाको कार्यालयमा प्रमुख कार्यकारी अधिकृत नवराज कार्की र नेफ्स्कून कार्यक्रम अधिकृत सन्दिपराज ढकाल र साकोसका उच्च व्यवस्थापन
तहका कर्मचारीको उपस्थितिमा साकोसको कार्यालय नयाँबानेश्वरमा सम्झौता सम्पन्न भएको हो । 

सहकारी ऐन, २०७४ को दफा २५ र दफा ९९ द्वारा  प्रदान गरिएको कानूनी आधारमा सम्पन्न सम्झौता अनुसार सहकारी संस्थाहरूले जोखिम व्यवस्थापन, वित्तीय विश्लेषण, गुणस्तरीय सेवा अभिवृद्धि तथा संस्थागत पृष्ठपोषणलाई प्राथमिक कार्यक्षेत्रका रूपमा अघि बढाएको छ । सहकारीलाई थप ब्यवस्थित बनाउन नियमनकारी निकायहरुद्धारा दिईएका निर्देशिका अनुरुप साकोसले परिपालना गर्नुपर्ने निति नियमको पालनाको अवस्थाको बिश्लेषण गर्ने कार्य गर्न संघले नियमित सुपरिवेक्षण, वित्तीय सूचकाङ्क मूल्यांकन, आन्तरिक नियन्त्रण परीक्षण स्क्यानका सूचकका आधारमा निरन्तर अनुगमन गर्नेछ ।

सम्झौता मार्फत विद्यमान जोखिमको पहिचान तथा व्यवस्थापन गर्दै सहकारी वित्त क्षेत्रमा उपलब्ध नवीनतम प्रविधिको प्रयोग, निरन्तर प्रवद्र्धन, विकास र संरक्षण गर्दै क्षेत्रगत स्थायित्व सुनिश्चित गर्ने लक्ष्य लिएको छ । साथै सहकारी मर्म अनुसार स्व–नियमनको अभ्यासलाई सुदृढ बनाउने उद्देश्य रहेको छ ।

स्क्यान कार्यक्रम मार्फत साकोसहरूको वित्तीय सुशासन प्रबर्धन, सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रतिवेदन तोकिए बमोजिम सम्बन्धित निकायमा पेश गर्ने प्रणालीको प्रभावकारी कार्यान्वयन, भाखा नाघेको ऋण असुलीमा सुधार, जोखिम व्यवस्थापन तथा सक्षमता विकास गर्ने लक्ष्य लिएको छ । साथै गुणस्तर सुनिश्चितता कार्यक्रम मार्फत ब्रान्ड प्राप्ति, योजनाबद्ध रूपमा साकोस सञ्चालन, सहकारीमैत्री व्यवस्थापन, क्युरिमा ३६० अनुसार क्षेत्रगत जोखिम न्यूनीकरण तथा सदस्यहरूको बचतलाई सुरक्षित र स्वस्थ बनाउन कार्यक्रम लागू गरिएको हो ।


 

भर्खरै
ACCESS अनुगमनकर्ताको क्षमता अभिवृद्धिका लागि एशियाली ऋण महासंघ र नेफ्स्कूनबीच भर्चुअल अभिमुखीकरण सम्पन्न
ACCESS अनुगमनकर्ताको क्षमता अभिवृद्धिका लागि एशियाली ऋण महासंघ र नेफ्स्कूनबीच भर्चुअल अभिमुखीकरण सम्...

११ घण्टा अगाडि

स्थिरीकरण कोषको पाँचौँ वार्षिक परामर्श बैठक पुस ४ गते काठमाडौंमा हुने
स्थिरीकरण कोषको पाँचौँ वार्षिक परामर्श बैठक पुस ४ गते काठमाडौंमा हुने

२ दिन अगाडि

अटोमोबाइल्स साकोसको नेतृत्व क्षमता अभिवृद्धि तालिम सम्पन्न
अटोमोबाइल्स साकोसको नेतृत्व क्षमता अभिवृद्धि तालिम सम्पन्न

२ दिन अगाडि

ठूला वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरूसँग नेफ्स्कूनको छलफल, सदस्यता र भावी कार्यदिशामा विमर्श
ठूला वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरूसँग नेफ्स्कूनको छलफल, सदस्यता र भावी कार्यदिशामा विमर्श

३ दिन अगाडि

नेफ्स्कूनद्वारा पुराना कार्यालय सामग्री लिलाम बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान
नेफ्स्कूनद्वारा पुराना कार्यालय सामग्री लिलाम बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान

५ दिन अगाडि

नेफ्स्कूनको ३५औँ वार्षिक साधारणसभा पुस ३ गते भक्तपुरमा हुने
नेफ्स्कूनको ३५औँ वार्षिक साधारणसभा पुस ३ गते भक्तपुरमा हुने

६ दिन अगाडि

साकोस शिखर गोष्ठी २०८३ का लागि दर्ता खुला
साकोस शिखर गोष्ठी २०८३ का लागि दर्ता खुला

६ दिन अगाडि

नेपालका नौ साकोसको असल अभ्यास अध्ययन गर्दै CCULB को ३०औँ नेपाल भ्रमण सम्पन्न
नेपालका नौ साकोसको असल अभ्यास अध्ययन गर्दै CCULB को ३०औँ नेपाल भ्रमण सम्पन्न

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा पुराना कार्यालय सामग्री लिलाम बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान
नेफ्स्कूनद्वारा पुराना कार्यालय सामग्री लिलाम बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान

५ दिन अगाडि

साकोस शिखर गोष्ठी २०८३ का लागि दर्ता खुला
साकोस शिखर गोष्ठी २०८३ का लागि दर्ता खुला

६ दिन अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२७ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

२७ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

२७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

९० दिन अगाडि

नशिक साकोस स्क्यान कार्यक्रममा आबद्ध
नशिक साकोस स्क्यान कार्यक्रममा आबद्ध

८६ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

२४ दिन अगाडि

पाठकबाट थप