जनकपुरमा ऋण असुली तथा धितो लिलामी सम्बन्धी कानुनी प्रक्रिया सम्बन्धी तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनकपुरमा ऋण असुली तथा धितो लिलामी सम्बन्धी कानुनी प्रक्रिया सम्बन्धी तालिम

जनकपुर  । नेफ्स्कूनको आयोजनामा ऋण असुली तथा धितो लिलामी सम्बन्धी कानुनी प्रक्रिया  सम्बन्धी तालिम वैशाख २२ गते सम्पन्न भएको छ । 

वैशाख २१ र २२ गते सञ्चालन भएको तालिममा प्रारम्भिक सहकारी संस्थाका सञ्चालक समिति, व्यवस्थापक र  व्यवस्थापन तहका कर्मचारीहरु गरि ३५ जनाको सहभागिता रहेको थियो ।
नेफ्स्कूनका अधिकृत रविन्द्र श्रेष्ठले तालिममा जोखिम व्यवस्थापनको अवधारणा, जोखिम पहिचान तथा कानुन प्रक्रिया, आन्तरिक नियन्त्रण प्रणाली, लेखा परीक्षणका आधारभूत पक्षहरू लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।

सहभागीहरूलाई व्यवहारिक अभ्यास, समूह छलफल तथा केस स्टडीमार्फत सिकाइलाई प्रभावकारी बनाइएको थियो । तालिम अवधिभर सहभागीहरूले आफ्ना संस्थामा देखिएका जोखिमका कानुनी जटिलताका उदाहरणहरू प्रस्तुत गर्दै समाधानका उपायहरूबारे अनुभव आदानप्रदान गरेका थिए । यसले सिकाइलाई अझ व्यवहारमुखी र उपयोगी बनाएको थियो । 

कार्यक्रमको समापन सत्रमा धनुषाका सहकारी अभियन्ता सुदिर पाण्डे आधारित लिलामी सम्बन्धी कानुनी प्रक्रिया जोड दिँदै जनकपुर सदस्य सेवा कार्यालयका फिल्ड उपसमितिका सदस्य युगलकिशोर पजियारले सिकेका ज्ञान तथा सीपलाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो । 

वित्तीय अनुशासन कायम राख्न तथा संस्थामा बढ्दो खराब कर्जा न्यूनीकरण गर्न ऋण असुली प्रक्रिया महत्वपूर्ण रहेको छ । यस कार्यशालाले सहभागीहरूलाई विद्यमान कानूनी व्यवस्था, प्रक्रिया र व्यवहारिक पक्षबारे स्पष्ट ज्ञान प्रदान गरी कानून सम्मत ढंगले ऋण असुली गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ । साथै, अनावश्यक कानूनी विवाद घटाउन र संस्थागत जोखिम व्यवस्थापन सुदृढ गर्न कार्यशाला उपयोगी हुने विश्वास लिइएको छ ।

त्यस्तै वडारी साकोसका व्यवस्थापक निर्जला लुटेलले संस्थामा सुशासन, पारदर्शिता तथा उत्तरदायित्व अभिवृद्धि गर्न तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। तालिम व्यवस्थापन जनकपुर  सदस्य सेवा कार्यालय प्रमुख राजेन्द्र ढकाल र तालिम सहजीकरण व्यवसाय सहायक रम्भु पंडितले  गर्नुभएको थियो  ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५१ दिन अगाडि

पाठकबाट थप