साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला बुटबलमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला बुटबलमा सम्पन्न

रुपन्देही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) रुपन्देही सदस्य सेवा कार्यालयको आयोजनामा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला जेष्ठ १३ गते बुटवलमा सम्पन्न भएको छ। 

कार्यशालाको उद्घघाटन नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले गर्नुभएको थियो। बचत तथा ऋण सहकारी संस्थाहरूको संस्थागत सुदृढीकरण, जोखिम न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापन प्रणाली विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यशालामा रुपन्देही, नवलपरासी, गुल्मी, पाल्पा, कपिलवस्तु, दाङ, प्युठान तथा सल्यान जिल्लाका ४० वटा सहकारी संस्थाका अध्यक्ष, सञ्चालक, व्यवस्थापक, उच्च व्यवस्थापन तथा कर्मचारी गरी ९० जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यशालामा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकालले वित्तीय समीक्षा अन्तर्गत तरलता जोखिम तथा भाखा नाघेको ऋण व्यवस्थापन सम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो भने कार्यक्रम अधिकृत प्रबिण अधिकारीले सूचना प्रविधि सुरक्षा तथा कार्यविधि निर्माण सम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो। साथै, भू(प्रशासन कार्यालय रुपन्देही, भैरहवाबाट भू(सेवा सम्बन्धी सहजीकरण गरिएको थियो। कार्यशालामा तरलता व्यवस्थापन योजना, सुरक्षित ऋण लगानी, भाखा नाघेको ऋण व्यवस्थापन, प्रविधिको प्रयोग र सुरक्षा, सम्भावित वित्तीय संकटबाट बच्ने रणनीति, संस्थागत स्थायित्व कायम गर्ने उपाय तथा सदस्यहरूको विश्वास अभिवृद्धि गर्ने विषयमा सहभागीहरूबीच सामूहिक प्रतिबद्धता व्यक्त भएको थियो।

समापन कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्ष चन्द्र प्रसाद ढकालले बचत तथा ऋण सहकारी अभियानलाई थप व्यवस्थित, सुरक्षित तथा उत्तरदायी बनाउन संघले यस्ता जोखिम व्यवस्थापनसम्बन्धी कार्यशालामार्फत निरन्तर रूपमा सिकाइ तथा अनुभव आदानप्रदानलाई प्राथमिकता दिँदै आएको जानकारी दिनुभएको थियो साथै नेफ्स्कूनले आफ्ना सदस्य संस्थालाई सम्पूर्ण समस्याको सामाधान उपलब्ध गराउने बिषय उल्लेख गर्नुभयो। 

सहभागीहरूले यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमहरूले सहकारी क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित तथा उत्तरदायी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गर्दै कार्यशालाबाट प्राप्त ज्ञान, सिकाइ तथा अनुभवलाई आफ्ना संस्थाहरूमा व्यवहारिक रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाएका छन्। कार्यशालाको व्यवस्थापन र संचालन सदस्य सेवा कार्यालय प्रमुख कल्पना भण्डारीले गर्नुभएको थियो।


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

३ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप