साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला बुटबलमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला बुटबलमा सम्पन्न

रुपन्देही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) रुपन्देही सदस्य सेवा कार्यालयको आयोजनामा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला जेष्ठ १३ गते बुटवलमा सम्पन्न भएको छ। 

कार्यशालाको उद्घघाटन नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले गर्नुभएको थियो। बचत तथा ऋण सहकारी संस्थाहरूको संस्थागत सुदृढीकरण, जोखिम न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापन प्रणाली विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यशालामा रुपन्देही, नवलपरासी, गुल्मी, पाल्पा, कपिलवस्तु, दाङ, प्युठान तथा सल्यान जिल्लाका ४० वटा सहकारी संस्थाका अध्यक्ष, सञ्चालक, व्यवस्थापक, उच्च व्यवस्थापन तथा कर्मचारी गरी ९० जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यशालामा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकालले वित्तीय समीक्षा अन्तर्गत तरलता जोखिम तथा भाखा नाघेको ऋण व्यवस्थापन सम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो भने कार्यक्रम अधिकृत प्रबिण अधिकारीले सूचना प्रविधि सुरक्षा तथा कार्यविधि निर्माण सम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो। साथै, भू(प्रशासन कार्यालय रुपन्देही, भैरहवाबाट भू(सेवा सम्बन्धी सहजीकरण गरिएको थियो। कार्यशालामा तरलता व्यवस्थापन योजना, सुरक्षित ऋण लगानी, भाखा नाघेको ऋण व्यवस्थापन, प्रविधिको प्रयोग र सुरक्षा, सम्भावित वित्तीय संकटबाट बच्ने रणनीति, संस्थागत स्थायित्व कायम गर्ने उपाय तथा सदस्यहरूको विश्वास अभिवृद्धि गर्ने विषयमा सहभागीहरूबीच सामूहिक प्रतिबद्धता व्यक्त भएको थियो।

समापन कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्ष चन्द्र प्रसाद ढकालले बचत तथा ऋण सहकारी अभियानलाई थप व्यवस्थित, सुरक्षित तथा उत्तरदायी बनाउन संघले यस्ता जोखिम व्यवस्थापनसम्बन्धी कार्यशालामार्फत निरन्तर रूपमा सिकाइ तथा अनुभव आदानप्रदानलाई प्राथमिकता दिँदै आएको जानकारी दिनुभएको थियो साथै नेफ्स्कूनले आफ्ना सदस्य संस्थालाई सम्पूर्ण समस्याको सामाधान उपलब्ध गराउने बिषय उल्लेख गर्नुभयो। 

सहभागीहरूले यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमहरूले सहकारी क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित तथा उत्तरदायी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गर्दै कार्यशालाबाट प्राप्त ज्ञान, सिकाइ तथा अनुभवलाई आफ्ना संस्थाहरूमा व्यवहारिक रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाएका छन्। कार्यशालाको व्यवस्थापन र संचालन सदस्य सेवा कार्यालय प्रमुख कल्पना भण्डारीले गर्नुभएको थियो।

भर्खरै
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० घण्टा अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

४ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

४ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

५ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप