सञ्चालकहरूको क्षमता अभिवृद्धिका लागि क्षमता विकास तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सञ्चालकहरूको क्षमता अभिवृद्धिका लागि क्षमता विकास तालिम सञ्चालन

मकवानपुर । इन्द्रसरोवर ०४, फाखेल मकवानपुर स्थित सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना तथा नेफ्स्कून को प्राविधिक सहयोगमा दुई दिने सञ्चालक क्षमता विकास तालिम जेठ २९ गते होटल गोदावरी प्रा.लि., गोदावरी, ललितपुरमा सम्पन्न भएको छ ।

संस्थाको सञ्चालक समिति, लेखा तथा सुपरिवेक्षण समिति तथा विभिन्न उपसमितिका पदाधिकारी एवं सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । 

तालिमको उद्घाटन सत्रमा बोल्दै नेफ्स्कूनका प्राचार्य बल्लभ तिमल्सिनाले सहकारी संस्थामा सञ्चालकहरूको भूमिका केवल औपचारिक मात्र नभई नीति निर्माण, संस्थागत सुशासन र जिम्मेवार निर्णय प्रक्रियासँग प्रत्यक्ष जोडिएको हुने भएकाले सहकारी संस्थाको दीर्घकालीन सफलता, पारदर्शिता र सदस्यहरूको विश्वास कायम राख्न सञ्चालकहरूले आफ्नो भूमिका स्पष्ट रूपमा बुझेर सक्रिय, उत्तरदायी र जवाफदेही ढङ्गले कार्य गर्नुपर्ने बताउनुभएको थियो ।

सञ्चालकहरू संस्थाको रणनीतिक दिशानिर्देशन गर्ने प्रमुख आधार भएकाले उनीहरूले दैनिक व्यवस्थापनमा मात्र नभई नीति, योजना र अनुगमनमा समेत प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभएको थियो ।  साथै, संस्थागत अनुशासन कायम गर्दै स्रोत साधनको सही उपयोग, निर्णय प्रक्रियामा पारदर्शिता र सदस्यहितलाई प्राथमिकतामा राख्न सके मात्र सहकारी संस्था दिगो र विश्वसनीय बन्न सक्ने बताउनुभएको थियो ।  

नेफ्स्कूनका कार्यक्रम अधिकृत रविन्द्र श्रेष्ठले तालिमको सहजीकरण गर्दै संस्थाको चालु आर्थिक वर्षमा पाँचौँ चार वर्षीय रणनीतिक योजनाले निर्धारण गरेका लक्ष्यहरूको समीक्षा गरिएको थियो । साथै, रणनीतिक योजना कार्यान्वयनका क्रममा हासिल भएका उपलब्धिहरू तथा लक्ष्यअनुरूप सम्पन्न हुन नसकेका कार्यक्रमहरूको अवस्थाबारे समेत छलफल गरिएको थियो । उहाँले संस्थागत सुशासन, नेतृत्व विकास, रणनीतिक योजना कार्यान्वयन तथा सहकारी व्यवस्थापनका विविध पक्षबारे सहजीकरण गर्नुभएको थियो ।

तालिममा संस्थाका उच्च व्यवस्थापन तहका कर्मचारीहरूको समेत सहभागिता रहेको थियो ।  तालिमले संस्थाका पदाधिकारी तथा सदस्यहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धि हुनुका साथै संस्थाको रणनीतिक लक्ष्य प्राप्तिका लागि थप प्रभावकारी रूपमा कार्य गर्न प्रेरणा मिलेको सहभागीहरूले बताएका थिए । संस्थाले आगामी दिनमा पनि यस्ता क्षमता विकासमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५१ दिन अगाडि

पाठकबाट थप