सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

सुर्खेत । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) सदस्य सेवा कार्यालय सुर्खेतको आयोजनामा ‘सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम’ बिहीबार वीरेन्द्रनगर, सुर्खेतमा श्रावण ०८ गते सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता नेफ्स्कून सञ्चालक तथा सदस्य सेवा कार्यालय सुर्खेतका संयोजक वीरबहादुर रावतले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हरिहरनाथ योगीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा केन्द्रीय बहुउद्देश्यीय सहकारी संघका सञ्चालक चन्द्रबहादुर थानी, राष्ट्रिय सहकारी महासंघका पूर्वसञ्चालक पदम दाहाल, जिल्ला कृषि सहकारी संघ सुर्खेतका अध्यक्ष सन्तबहादुर केसी, राष्ट्रिय कृषक महासंघका जिल्ला सदस्य हरिकला चौलागाईं, जिल्ला बचत तथा ऋण सहकारी संघ सुर्खेतका निवर्तमान अध्यक्ष कृष्णबहादुर भण्डारी, नेफ्स्कून सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमितिका सदस्यहरू जानकी तिमल्सिना, भूपेन्द्रबहादुर सिंह र देवेन्द्र शाह तथा सहकारी म्यानेजर क्लब सुर्खेतका अध्यक्ष लक्षीराम बुढालगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य व्यक्त गर्दै नेफ्स्कून सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमितिका सदस्य भूपेन्द्र बहादुर सिंहले सहकारी क्षेत्रका समसामयिक विषयमा सदस्य संस्थाबीच छलफल, अनुभव आदान–प्रदान तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय अभ्यासबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभएको  थियो । यस्ता कार्यक्रमले सदस्य संस्थामा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्दै सहकारी अभियानलाई दिगो र बिश्वसनिय बनाउनका लागि थप टेवा पुग्ने बताउनु भएको थियो ।

प्रमुख अतिथि हरिहरनाथ योगीले नेफ्स्कूनले सहकारी अभियान सुदृढीकरणका लागि निरन्तर गर्दै आएका पहलको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउदै सहकारी क्षेत्र अहिले विभिन्न चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै सरकारले स्पष्ट नीति, कानुन र नियामकीय व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने धारणा राख्नु भएको थियो ।

योगीले सहकारी संस्थाहरूले सहकारी ऐन, नियम, मूल्य–मान्यता र सिद्धान्तअनुसार सञ्चालन भएमा मात्र सदस्यको विश्वास कायम रहने बताउँदै सुशासन, पारदर्शिता, उत्तरदायित्व र वित्तीय अनुशासनलाई संस्थागत संस्कृतिका रूपमा विकास गर्न आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्ने वक्ताहरूले सहकारी शिक्षा, सदस्य सचेतना, सुशासन र संस्थागत क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रम अत्यन्त उपयोगी हुने धारणा व्यक्त गरेका थिए। उनीहरूले सहकारी संस्थाहरूबीच आपसी सिकाइ, अनुभव आदान–प्रदान र सहकार्यलाई थप सुदृढ बनाउन नेफ्स्कुनको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेका थिए ।

अध्यक्ष वीरबहादुर रावतले सहकारी क्षेत्रका विद्यमान चुनौती समाधान, सदस्य संस्थाको क्षमता विकास तथा अभियान सुदृढीकरणका लागि नेफ्स्कूनले सञ्चालन गरिरहेका कार्यक्रमबारे जानकारी गराउँदै सहकारी संस्थाहरूलाई नीति, प्रविधि र सुशासनमा केन्द्रित भई अघि बढ्न आग्रह गर्नु भबगको थियो । उहाँले सदस्य संस्थाहरूले सिकेका विषयलाई व्यवहारमा लागू गर्दै संस्थागत सुधारमा उपयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा नेफ्स्कून सदस्य सेवा कार्यालय सुर्खेतका प्रमुख विष्णुदत्त जोशीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा संघहरुको अभ्यास, सहकारी सञ्जालको विकास र केन्द्रीय संघहरूको भूमिकाबारे सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा सुर्खेतसहित विभिन्न जिल्लाका ४१ वटा बचत तथा ऋण सहकारी संस्थाबाट ६२ जना प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रमको व्यवस्थापन सदस्य सेवा कार्यालय सुर्खेतका व्यवसाय सहायक दीपकराज जोशी र गजेन्द्रबहादुर साउदले गर्नुभएको थियो ।

सहभागीहरूले कार्यक्रमले सहकारी क्षेत्रका समसामयिक विषयबारे ज्ञान अभिवृद्धि हुनुका साथै सदस्य संस्थाबीच सहकार्य, अनुभव आदान–प्रदान र सुशासन प्रर्बधनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

भर्खरै
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

१९ घण्टा अगाडि

सहकारीलाई प्रविधिमैत्री बनाउन नेफ्स्कूनको एआई सम्बन्धी  तालिम सम्पन्न
सहकारीलाई प्रविधिमैत्री बनाउन नेफ्स्कूनको एआई सम्बन्धी तालिम सम्पन्न

२२ घण्टा अगाडि

सर्लाहि स्थित त्रीवेणी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
सर्लाहि स्थित त्रीवेणी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

सुनसरी स्थित संञ्चित नारी विकास साकोस स्क्यान कार्यक्रममा आबद्ध
सुनसरी स्थित संञ्चित नारी विकास साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम मध्य नेपाल साकोसमा सम्पन्न 
कृषक व्यवसाय खेल तालिम मध्य नेपाल साकोसमा सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कून र शुभ चन्द्रसूर्य साकोस बीच स्क्यान कार्यक्रम कार्यान्वयन सम्बन्धि सम्झौता सम्पन्न
नेफ्स्कून र शुभ चन्द्रसूर्य साकोस बीच स्क्यान कार्यक्रम कार्यान्वयन सम्बन्धि सम्झौता सम्पन्न

३ दिन अगाडि

नशिक साकोस स्क्यान कार्यक्रममा आबद्ध
नशिक साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

लोकप्रिय
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत भैरवी साकोसको स्थलगत सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत भैरवी साकोसको स्थलगत सुपरिवेक्षण

३ दिन अगाडि

सर्लाहि स्थित त्रीवेणी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
सर्लाहि स्थित त्रीवेणी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

सुनसरी स्थित संञ्चित नारी विकास साकोस स्क्यान कार्यक्रममा आबद्ध
सुनसरी स्थित संञ्चित नारी विकास साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

नशिक साकोस स्क्यान कार्यक्रममा आबद्ध
नशिक साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

पाठकबाट थप