नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का १५ जना अधिकृतस्तरका कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले श्रावण ८ गते उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

उद्यम विकास तथा प्रवद्र्धनका कार्यक्रमलाई अझ प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने उद्देश्यले आयोजित अनुशिक्षणमा उद्यमी छनोट प्रक्रिया, व्यवसायको प्रारम्भिक छनोट, सम्भावित उद्यमीको पहिचान तथा छनोटका आधार, उद्यम–उद्यमी म्याट्रिक्सको प्रयोग, नक्साङ्कन प्रक्रिया तथा फिल्डमा यसको व्यावहारिक प्रयोगका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा उद्यमी छनोट गर्दा अपनाउनुपर्ने मापदण्ड, स्थानीय स्रोत–साधनको पहिचान, बजारको सम्भाव्यता विश्लेषण, व्यवसाय सञ्चालनका अवसर तथा चुनौती, लक्षित समूहको पहिचान र उद्यम विकासका विभिन्न चरणबारे छलफल गरिएको थियो । साथै, उद्यम प्रवद्र्धनका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कर्मचारीहरूको भूमिका, समन्वय तथा व्यावसायिक दक्षता अभिवृद्धि गर्नुपर्ने विषयमा समेत जोड दिइएको थियो ।

कार्यक्रमको सहजीकरण नेफ्स्कूनका वरिष्ठ अधिकृत नविन राज दाहालले गर्नुभएको थियो । उहाँले उद्यम–उद्यमी म्याट्रिक्स र नक्साङ्कनले सम्भावित उद्यमीको वैज्ञानिक तथा वस्तुगत मूल्याङ्कन गर्न सहयोग पु¥याउने, उपयुक्त व्यवसाय छनोटमा सहजता ल्याउने तथा उद्यम विकास कार्यक्रमको प्रभावकारिता बढाउने बताउनुभएको थियो ।

अनुशिक्षणमा सहभागी अधिकृतहरूले सिकाइलाई आगामी कार्यक्रम तथा फिल्डस्तरीय कार्यसम्पादनमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमले कर्मचारीहरूको व्यावसायिक दक्षता विकास गर्नुका साथै उद्यम प्रवद्र्धनसम्बन्धी सेवाको गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप