कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 

काठमाडौं । नेफ्स्कून सदस्य सेवा कार्यालय, कलंकी अन्तर्गत सञ्चालनमा रहेको तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नेफ्स्कून बीच नेफ्स्कूनद्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम सञ्चालनका लागि श्रावण ११ गते सम्झौता सम्पन्न भएको छ ।

विगत २०७५ सालदेखि नेफ्स्कूनद्वारा सञ्चालित जोखिममा आधारित साकोस सुपरिवेक्षण CURBBS कार्यक्रममा सहभागी हुँदै संस्थागत स्तरीकरणमा सक्रिय रहँदै आएको थियो । हाल एशीयाली ऋण महासंघको सहयोगमा नेफ्स्कूनद्धारा सञ्चालित स्तरीकरण कार्यक्रम A-one Competitive Choice for Excellence in Services and Soundness : ACCESS कार्यक्रममा आवद्ध भएको हो । 

काठमाडौंको केन्द्रमा रहेको यस सहकारी संस्था तरकारी तथा फलफूल व्यवसायी सदस्यहरूद्वारा सञ्चालित छ । संस्थाले आन्तरिक तथा बाह्य जोखिम व्यवस्थापन, सदस्य संरक्षण, सुशासन प्रर्बधन तथा नियामकीय व्यवस्थाअनुसार संस्थागत प्रणालीलाई अद्यावधिक गर्न स्क्यान तथा एक्सेस कार्यक्रममा आबद्ध हुने निर्णय गरेको हो ।

नेफ्स्कूनले सदस्य संस्थाहरूमा आन्तरिक तथा बाह्य जोखिम न्यूनीकरण, सुशासन प्रवद्र्धन तथा सुरक्षित र व्यवसायिक संस्था निर्माण गर्ने उद्देश्यले स्क्यान कार्यक्रम सञ्चालन गर्दै आएको हो । सोही कार्यक्रमअन्तर्गत सुपरिवेक्षण तथा एक्सेस कार्यक्रममा आबद्धताका लागि सञ्चालक समितिको निर्णयअनुसार नेफ्स्कून र संस्थाबीच औपचारिक सम्झौता सम्पन्न गरिएको थियो ।

सम्झौता कार्यक्रममा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकालले संस्थालाई स्तरीकरण कार्यक्रममा स्वागत गर्दै कार्यक्रमका सूचकहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सञ्चालक समिति र व्यवस्थापनको निरन्तर सक्रियता तथा प्रतिबद्धता आवश्यक रहने बताउनुभयो । उहाँले संस्था निर्धारित मापदण्ड पूरा गर्न सफल हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

साकोसका प्रमुख कार्यकारी अधिकृत कमलकुमार घिमिरेले स्क्यानका सूचकमा आधारित रही नियामकीय प्रतिवेदन, कानुनी जोखिमको अवस्था, वित्तिय जोखिम, बजार जोखिम तथा सुशासन जोखिमका क्षेत्रमा यस कार्यक्रमबाट आवश्यक सुपरिवेक्षण सहित संस्थाका व्यवसायिकता र स्तर बृद्धिका लागि एक्सेसका ८६ सूचकमा अभ्यास गर्दै नियमित स्थलगत तथा गैरस्थलगत सुपरिवेक्षणमा रहदै अझ मजवुत संस्था निर्माणमा यस कार्यक्रमबाट सहयोग पुग्ने अपेक्षा रहेको बताउनुभयो ।   

संस्थाका अध्यक्ष राजन प्रसाद पराजुलीले स्तरीकरण कार्यक्रममा आबद्ध भएपछि संस्थागत सुशासन सुदृढ गर्ने, वित्तीय सूचकहरू सुधार गर्ने, नियामकीय व्यवस्थाअनुसार आन्तरिक कार्यविधि अद्यावधिक गर्ने तथा नवीनतम अभ्यास कार्यान्वयन गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेफ्स्कूनको नियमित सुपरिवेक्षणबाट संस्थाले निरन्तर मार्गदर्शन प्राप्त गर्दै आएको र आगामी दिनमा पनि संस्थाको विकासका लागि सञ्चालक समिति तथा व्यवस्थापन प्रतिबद्ध रहने बताउनुभयो ।

कार्यक्रममा नेफ्स्कूनका वरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्ले, कार्यक्रम अधिकृत सोविता मैनाली, संस्थाका अध्यक्ष राजन प्रसाद पराजुली, सञ्चालक समिति सदस्यहरू तथा व्यवस्थापनका कर्मचारीहरूको उपस्थितिमा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकाल र संस्थाका प्रमुख कार्यकारी अधिकृत कमल प्रसाद घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

५ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप