दैलेखको गुराँस गाउँपालिकासँग आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दैलेखको गुराँस गाउँपालिकासँग आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता  

 दैलेख । नेफ्स्कूनले स्थानीय निकायसँगको समन्वयमा सञ्चालन गर्ने आधारशिला कार्यक्रममा आज दैलेख जिल्लाको गुराँस गाउँपालिकासँग कार्यान्वयन सम्झौता भएको छ । सम्झौतामा नेफ्स्कूनका महासचिव  दामोदर अधिकारी र गाउँपालिका अध्यक्ष खेमराज वलीले हस्ताक्षर गर्नु भएको थियो । आज एकै दिन दुई पालिकासँग उक्त कार्यक्रम सम्झौता सम्पन्न भएको हो । आज बिहान सिन्धुलीको फिक्कल गाउँपालिकासँग पनि आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता भएको थियो । 

दैलेखको गुराँस गाउँपालिकासँगको सम्झौता अघि आजै उक्त कार्यक्रमका सम्बन्धमा अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न भएको छ । नेफ्स्कूनका संञ्चालक एवम् सुर्खेत फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य यज्ञ प्रसाद ढकालको अध्यक्षतामा संम्पन्न अभिमुखिकरणको प्रमुख अतिथि गुराँस गाउँपालिका  दैलेखका अध्यक्ष खेमराज वली रहनु भएको थियो भने विशेष अतिथि नेफ्स्कूनका महाचिव दामोदर अधिकारी र गाउँपालिका उपाध्यक्ष दिपा कुमारी वि।सी रहनुभएको थियो । कार्यक्रमको अतिथिमा गाउँ पालिकाका प्रमुख कार्यकारी अधिकृत नन्दराम चौलागाई, वडा अध्यक्षहरु, सहकारी शाखा प्रमुख विष्णु अधिकारी, संघका वरिष्ठ अधिकृत दिपक प्रसाद ढुंगाना लगायत रहनुभएको थियो ।

गाँउपालिका उपाध्यक्ष विसीले ग्रामिण क्षेत्रमा रहेका संस्थाहरुलाई र स्थानीय तहको क्षमता विकासमा आधारशिला कार्यक्रमले महत्वपूर्ण सहयोग गर्ने भएकोले आफुहरुले कार्यान्वयको इच्छा राखेको धारणा राख्नु भयो । कार्यक्रमका विशेष अथिति नेफ्स्कूनका महासचिव अधिकारीले विशेष गरी पिछडिएको क्षेत्र समेटेर यो कार्यक्रम सञ्चालन गरिने भएकाले गुराँस गाउँपालिकाका सहकारी संस्थाहरुको प्रवर्धन, विकास र व्यवस्थापमा कार्यक्रम कोशेढुंगा सावित हुने भन्दै यसको पूर्ण सदुपयोग गर्नुपर्ने धारण राख्नुभयो । 

कार्यक्रमका प्रमुख अथिति गाउँपालिका अध्यक्ष खेमराज वलीले सहकारी संघ संस्था व्यवस्थापन, प्रवर्धन र नियमनको दायित्व गाउँपालिकाको भएपनि स्रोत साधन र प्राविधिक जनशक्तिको सीमितताका कारण सोचे अनुसार काम गर्न नसकेको स्वीकार गर्दै नेफ्स्कूनसँगको साझेदारीले पालिका भित्रका सहकारी संघ संस्था व्यवस्थापनमा सहयोग पुग्ने दाबी गर्नुभयो । आधारशिला कार्यक्रम संञ्चालनको लागि गुराँस गाउँपालिका छनोट गरिएकोमा उहाँले नेफ्स्कून परिवार प्रति कृतज्ञता समेत व्यक्त गर्नु भयो । 

नेफ्स्कूनका बरिष्ठ अधिकृत दिपक प्रसाद ढुंगानाले सहजिकरण गर्नु भएको अभिमुखिकरण कार्यक्रममा विभिन्न पालिकाका वडा अध्यक्षहरु, कर्मचारी, अगुवा सहकारीका प्रतिनिधिहरु गरी १७ जनाको सहभागिता थियो । कार्यक्रमको संञ्चालन नेफ्स्कून सुर्खेत फिल्ड कार्यलय इन्चार्ज छत्र प्रसाद धमालाले गर्नु भएको थियो ।  

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप