दाङको राप्ती साकोस एक्सेस् कार्यक्रममा आबद्ध हुने  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दाङको राप्ती साकोस एक्सेस् कार्यक्रममा आबद्ध हुने  

दाङ । जिल्लाको राप्ती बचत तथा ऋण सहकारी संस्था लि.चाँडै एक्सेस कार्यक्रममा आबद्ध हुने भएको छ । राप्ती साकोसले एशियाली ऋण महासंघको प्राविधिक सहयोगमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले सञ्चालन गरेको बचत तथा ऋण सहकारीहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी एशिया प्रशान्त क्षेत्रीय स्तरीकरण कार्यक्रममा  सहभागिता जनाउने विषयमा आज सैद्धान्तिक सहमति जनाएको हो । त्यस सम्बन्धमा नेफ्स्कूनसँग चाँडै औपचारिक सम्झौता हुने भएको छ । 

संस्थाका अध्यक्ष भरत बहादुर बुढाथोकी को अध्यक्षता एवम् नेफ्स्कूनका महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यतामा आज सम्पन्न एक्सेस् अन्तरक्रिया कार्यक्रममा संस्थाका संचालक समितिका पदाधिकारी, लेखा सुपरिवेक्षण समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत अमर ओली, उच्च व्यवस्थापनका कर्मचारी, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. दाङका अध्यक्ष रुप बहादुर खत्री, नेफ्स्कून दाङ फिल्ड कार्यालय ब्यवस्थापन उपसमिति सदस्य शिवध्वज मल्ल लगायतको उपस्थिति थियो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले राप्ती साकोसलाई सिङ्गो दाङको शान भन्दै साकोसले आफ्नो छुट्टै 'राप्ती ब्रान्ड' बनाउनु पर्नेमा जोड दिनुभयो । साकोसको निर्माणाधीन १० तले भवन सिङो राप्तीको सम्पती रहेको र त्यसलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा साकोसको छवि बिस्तार गर्न एक्सेस् कार्यक्रममा जोडिनु पर्ने बताउनुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष भरत बहादुर बुढाथोकीले एक्सेस् कार्यक्रममा जोडिन आफूहरु पहिले देखि नै इच्छुक रहेको र सोही अनुसार गत हप्ता सम्पन्न साधारण सभामा समेत उक्त प्रस्ताव लगेको बताउँदै आगामी संचालक समितिको बैठकबाट निर्णय गरी सम्झौता गर्ने बताउनुभयो ।

९४३० सेयर सदस्य सहित करिब १५० करोडको वासलात रहेको राप्ती साकोसमा हाल २१ जना कर्मचारी कार्यरत रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत अमर ओलीले जानकारी गराउनुभयो । एक्सेस् कार्यक्रमको आबद्धता प्रक्रिया र त्यसबाट संस्थालाई प्राप्त हुने दुरगामी लाभका बारेमा नेफ्स्कूनका वरिष्ठ अधिकृत दिपक प्रसाद ढुंगानाले प्रस्तुति गर्नु भएको थियो । कार्यक्रम अघि नेफ्स्कूनका महासचिव अधिकारी सहितको टोलीले राप्ती साकोसको निर्माणाधीन भवनको समेत अवलोकन गरेको थियो ।

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

८ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२३ घण्टा अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप