दोलखाली बचत ऋण सहकारी अभियानलाई सम्झदाँ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दोलखाली बचत ऋण सहकारी अभियानलाई सम्झदाँ 

२०४७ साल माघ १० गतेबाट दोलखाको जिरीका ३५ व्यवसायीहरुले दैनिक १ रुपैयाँ जम्मा गरेर बचत अभियान बिजारोपण गरेका थियौं । खासमा त्यसबेला बैंकहरुले कर्जा नपत्याएपछि व्यवसायीहरु  मिलेर आफ्नै लागि सहयोगको वैकल्पिक गोरेटो खनेका थियौं । माघे जाडोमा राती १० बजे टुकी बत्ती बालेर बचत संकलन गथ्र्यौ र सहकारी योजना कोर्दथ्यौं । त्यो समय सहकारी अभियान सरकार नियन्त्रित थियो । दोलखाली बचत अभियान बामे सर्दै अघि बढ्दै जाँदा आज प्रतिष्ठित छवि निर्माण गर्न सफल एकीकृत फ्रेण्डसीप साकोसको अभ्युदय भएको थियो । प्रारम्भमा हामी  व्यवसायीहरुको उद्देश्य बचत संकलनमा सीमित थियो । 

२०४८ सालमा नयाँ सहकारी ऐन आयो । नेपाल बचत तथा ऋण संघ भन्ने अहिलेको नेफ्स्कून एसियाली ऋण महासंघको सहयोगमा स्थापना भैसकेको थियो । त्यसको  पहिलो प्रकाशन (न्यूज लेटर) जिरीको स्थानीय क्लबमा पुग्यो । त्यतिबेला म हिमालय सेवा समिति भन्ने क्लबको सचिव थिएँ । त्यो पढेपछि मलाई बचत अभियानमा एउटा महत्वपूर्ण सहयोगी मिलेको भान भयो । त्यही प्रकाशन लिएर काठमाडौ आएँ  । कमलादीमा कार्यालय थियो । भोजराज घिमिरे अध्यक्ष र हरि घिमिरे व्यवस्थापक हुनुहुन्थ्यो । उहाँहरुलाई भेटेपछि जिल्लामा बचत तथा ऋणको एक दिने शिक्षा शिविर गर्ने निधो गरियो ।

जिरीमा शिक्षा शिविर सञ्चालन सँगै बचत अभियान अघि बढाउन सबैं जुट्ने निर्णय भयो । २०४९ सालमा सहकारी नियमावली पनि आयो । हामी संस्था दर्ता गर्ने प्रक्रियामा अगाडि बढ्यौं । जिल्लामा ठाउँ ठाउँमा शिक्षा शिविरहरु सञ्चालन र बचत अभियान प्रचार प्रसारका काम अगाडि बढायौं ।

त्यसबेला ५ वटा प्रारम्भिक संस्था मिलेर जिल्ला संघ बनाउन सकिने वैधानिक बाटो थियो । २०५० सालमा जिल्ला सदरमुकाम चरिकोट भएपनि त्यहाँबाट ५५ किलोमिटर टाढाँ जिरीमा ७ वटा संस्थाहरु मिलेर दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ सुरु गर्यौं । केही बर्ष पछि बचत संघको कार्यालय त्यहाँबाट सदरमुकाम चरिकोटमै सारियो । करिब ६ बर्ष मैले नेतृत्व गरेँ । 

जिल्लामा बचत अभियानको थालनी र विकास सँगै पूँजी निर्माण गरेर नेफ्स्कूनलाई पनि सँगै अगाडि बढाउने उद्देश्यले काम भयो । पहिलोपल्ट दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघको तर्फबाट आफ्नो संस्थामा संकलित बचतको एक प्रतिशत रकम नेफ्स्कूनमा जम्मा गर्नुपर्छ भनेर मोरङको लेटाङमा नेफ्स्कूनको साधारणसभा हुँदा ४५ हजार रुपैंया झोलामा बोकेर गयौं । नेफ्स्कूनको साधारणसभाको समयमा  मोरङमै बचत जम्मा ग¥यौं । हाम्रो ठाउँमा भएको साधारणसभाका बेला दोलखाबाट आएकाहरु अग्रपंक्तिमा देखिने भनेर मोरङका साथीहरु रुष्ट पनि हुनुभएको थियो । त्यसबेला विनियम बनाउँदै एउटा संस्थाको २ प्रतिशत बचत राख्नुपर्ने, त्यसमा एक प्रतिशत जिल्ला संघले राख्ने र एक प्रतिशत नेफ्स्कूनमा पठाउने व्यवस्था गरेका थियौं । केही समय पछि त्यो व्यवस्थामा विनियम संशोधन भएर आयो । 
त्यसिबेला एक सयको सेयर किनेर नेफ्स्कूनको सदस्य बन्न सकिन्थ्यो । नेफ्स्कूनको संस्थागत विकास थिएन, संस्थागत विकासका लागि पूँजी निर्माण आवश्यक छ भन्ने अवधारणा शुरुमा दोलखाले ल्याएको थियो । म जिल्ला संघ अध्यक्ष हुँदै २०५० सालमा सम्पन्न प्रारम्भिक साधारणसभाबाट नेफ्स्कून सञ्चालक समिति सदस्य निर्वाचित भएँ । कामको मुल्याङ्कन पक्कै हुँदोरहेछ भन्ने विश्वासले मनमा बास गर्यो । उच्च मतका साथ विजयी भएँ । हाम्रो काम गर्ने शैली साथीहरुले मन पराउनुभएको थियो । 

नेपालको बचत अभियानको आजको सफलतामा दोलखा जिल्ला बचत संघको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ । जिल्ला बचत संघलाई जिल्लाभर प्रचार प्रसारमा लग्यौं । हरेक गाउँ र टोलमा बचत तथा ऋण सहकारीहरु खुल्दै गए । अहिले दोलखा जिल्लाको बचत तथा ऋण अभियान अत्यन्त राम्रो छ । हामीले खनेको गोरेटो अहिले फराकिलो र दरिलो राजमार्ग बनेको छ । सात अर्ब भन्दा बढीको पूँजी दोलखा जिल्लामा निर्माण भएको छ भने २ सय भन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरु छन् । नेफ्स्कूनको एकीकृत मोडेल र स्तरीकरण कार्यक्रमहरु प्रभावकारी रुपमा लागु भएका छन् । जिल्ला संघले पनि राम्रो पुँजी निर्माण गरेको छ । जिल्लाको समग्र आर्थिक र सामाजिक विकासमा बचत तथा ऋण अभियानको महत्वपूर्ण योगदान रहेको छ भने रामेछाप, सिन्धुपाल्चोक, सोलुखुम्बु, ओखलढुङ्गा लगायतका छिमेकी जिल्लाहरुमा पनि यसको प्रभाव विस्तार स्पष्ट देखिन्छ ।

दोलखाको बचत तथा ऋण सहकारी अभियानको प्रारम्भ विन्दुमा योगदान गर्नुहुने अग्रजहरुमा धेरै साथीहरु हुनुहुन्छ । सञ्चालकमा बसेर सँगै सानो समूहमा काम गर्ने स्वर्गीय देवदास श्रेष्ठ हुनुहुन्थ्यो । त्यस्तै, यज्ञराज ढुंगेलले नेपालको मोडेल सहकारीको विकास गर्नुभयो भने फ्रेण्डसीप अध्यक्ष रहनुभएका गोकुलध्वज कार्की, पुष्करराज दाहाल, रामदास श्रेष्ठ, शिवजी राउत, सुदर्शन कार्की आदिले अभियान अगाडि बढाउन अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गर्नुभयो ।

जिल्लामा हाल दर्ता भएका २ सय बचत तथा ऋण सहकारी संस्थामध्ये १ सय ८७ बचत संघमा आबद्ध छन् । ६०÷७० वटा बचत तथा ऋण सहकारीहरु जिल्ला बचत संघ मार्फत नेफ्स्कूनमा आबद्ध छन् । केही साना संस्थाहरु बचत संघसँग मात्रै पनि आवद्ध छन् । जिल्ला बचत संघको करिब १५÷१६ करोडको वासलात छ । उपलब्ध स्रोत साधनलाई हेरेर दोलखाको जिल्ला बचत संघ क्रियाशील बचत संघहरु मध्येमा पर्छ । दोलखामा सञ्चालित संस्थाहरु धेरै राम्रा, पूँजीको हिसाबले पनि बलिया र स्तरीकृत छन् । तर पनि जिल्ला बचत संघ र नेफ्स्कून सँग सदस्य संस्थाहरुको अपेक्षा स्वाभाविक रुपम अझ अग्लो छ । 
अब दोलखामा सहकारीहरुको संख्यात्मक वृद्धि आवश्यक छैन । धेरै संस्थाहरु एकीकृत भएका छन् । ९ वटा स्थानीय निकायहरुमा प्रत्येकमा १२÷१५ भन्दा बढी सहकारी आवश्यकता छैन । अब एकीकरण अभियानलाई थप तीब्रता र निरन्तरता दिनुपर्छ । ठूला संस्था मार्फत गुणस्तरीय, स्तरीकृत र प्रविधिमैत्री सेवा प्रवाहमा अब दोलखाली सहकारीहरुको ध्यान केन्द्रित हुनुपर्दछ ।

पछिल्लो समयमा दोलखा जिल्ला नेपालकै जलविद्युत उत्पादनको क्षेत्रमा हबको रुपमा विकसित भइरहेको छ । हामी आफ्नो पूँजी लगानी गर्न नसकिरहेको अवस्थामा अब मेगा परियोजनाहरुम लागानी प्रवर्धन गर्दै जानुपर्नेछ । त्यसका लागि निजी क्षेत्रका उद्योग बाणिज्य महासंघ, जिल्ला उद्योग बाणिज्य संघ जस्ता संस्थाहरुले पनि  सहयोग गर्नुपर्ने हुन्छ । उद्योग बाणिज्य महासंघको नयाँ नेतृत्वमा बस्ने साथीहरुसँग पनि सहकारीहरुलाई सदस्यहरुलाई प्रतिफल दिन सक्ने गरी विशेषतः उत्पादनको क्षेत्रमा लाग्न के कस्तो सहयोग र सहकार्य गर्न सकिन्छ भनेर छलफल चलाउने छु । सहकारी क्षेत्र मेरो जग भएकाले पनि यसमार्फत नयाँ सम्भावनाहरु खोज्ने काममा उद्योग वाणिज्य महासंघको मेरो पछिल्लो जिम्मेवारीको सदुपयोग गर्नेछु । अन्त्यमा दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.लाई रजत वर्ष तथा २२ औं साधारण सभाको भव्य सफलतासँगै उत्तरोत्तर प्रगतिको शुभकामना दिन चाहन्छु ।

(नेफ्स्कूनकी सञ्चार अधिकृत राधा पौडेलसँगको वार्तामा आधारित । )
 
भर्खरै
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

१ दिन अगाडि

नेफ्स्कूनद्वारा महिला जागृती साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा महिला जागृती साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

श्री त्रिशूल साकोसमा वार्षिक कार्ययोजना तथा चारवर्षीय रणनीतिक योजना तर्जुमा कार्यशाला सम्पन्न
श्री त्रिशूल साकोसमा वार्षिक कार्ययोजना तथा चारवर्षीय रणनीतिक योजना तर्जुमा कार्यशाला सम्पन्न

१ दिन अगाडि

नालाछाप प्रगतिशील महिला साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न
नालाछाप प्रगतिशील महिला साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री हरियाली स्वावलम्बन साकोसको स्थलगत सुपरिवेक्षण
नेफ्स्कूनद्वारा श्री हरियाली स्वावलम्बन साकोसको स्थलगत सुपरिवेक्षण

२ दिन अगाडि

रुकुम (पश्चिम) स्थित श्री डिग्रे शाईकुमारी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
रुकुम (पश्चिम) स्थित श्री डिग्रे शाईकुमारी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।
शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।

२ दिन अगाडि

शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।
शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।

२ दिन अगाडि

लोकप्रिय
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

१ दिन अगाडि

शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।
शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।

२ दिन अगाडि

शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।
शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।

२ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

नालाछाप प्रगतिशील महिला साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न
नालाछाप प्रगतिशील महिला साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना
चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना

६ दिन अगाडि

पाठकबाट थप