चन्द्रागिरि साकोसको १९ औं वार्षिक साधारण सभा सम्पन्न: योगेन्द्रकुमार कुँवरको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चन्द्रागिरि साकोसको १९ औं वार्षिक साधारण सभा सम्पन्न: योगेन्द्रकुमार कुँवरको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभा नयाँ सञ्चालक समिति निर्वाचित गर्दै आज सम्पन्न भएको छ । यही पुस १४ गतेबाट सुरु भएको साधारण सभा उपस्थिति खुल्ला सभा र निर्णय प्रमाणीकरण सभा गरी २ चरणमा सम्पन्न भएको हो । पुस २४ गतेसम्म दैनिक १ हजार जनाको दरले उपस्थिति दर्ता गर्न सकिने गरी उपस्थिति खुल्ला गरिनुको साथै प्रतिवेदन वितरण र सुझाव संकलन गरिएको थियो । उपस्थिति खुल्ला सभामा ७८ प्रतिशत सदस्यहरुले उपस्थिति दर्ता गराएको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठले जानकारी दिनुभयो । उपस्थिति खुल्ला सभाबाट निर्णय प्रमाणीकरणका लागि दैनिक ३ जनाको दरले छनौट भएका सदस्य प्रतिनिधिहरुको सहभागितामा पुस २५ गते निर्णय प्रमाणीकरण सभा सम्पन्न भएको हो ।

आज सम्पन्न सभाले नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति समेत निर्वाचित गरेको छ । नव निर्वाचित सञ्चालक समितिमा अध्यक्ष योगेन्द्रकुमार कुँवर, उपाध्यक्ष सूर्यनारायण मानन्धर, सचिव अच्युतकुमार कार्की, सहसचिव शरद कुँवर, कोषाध्यक्ष मिना कुमारी पाठक, सदस्यहरुमा लक्ष्मी बहादुर महर्जन, दिलकुमारी महर्जन, गोविन्द बस्नेत, लक्ष्मी महर्जन, रबिना महर्जन र सुवास श्रेष्ठ तथा लेखा सुपरिवेक्षण समितिमा संयोजक भानु प्रकाश ढकाल, सदस्यहरुमा इन्द्रबहादुर महर्जन र सुष्मा कुँवर निर्विरोध निर्वाचित हुनु भएको छ । समितिहरुमा महिला र ३५ वर्ष भित्रको युवा सदस्यको प्रतिनिधित्व रहने नीतिगत व्यवस्था गरी सो अनुरुपको समावेसीपूर्ण सञ्चालक र लेखा सुपरिवेक्षण समिति निर्वाचित भएको छ ।  

लामो समय तत्कालिन डिभिजन सहकारी कार्यालयमा प्रमुख रहनु भएका सहकारी विज्ञ श्री केशव बहादुर थापाको संयोजकत्वमा गठिन निर्वाचन उप समितिले नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिलाई निर्वाचित भएको प्रमाण पत्र प्रदान गर्नुको साथै सपथ ग्रहण गराएको थियो । 

२०५८ साल बैशाख ६ गते सिमित व्यक्ति र पुँजीबाट सुरु भएको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको पछिल्लो प्रतिवेदन अनुसार १२,३१२ जना शेयर सदस्य र २ अर्ब ३० करोडको कुल सम्पत्ति रहेको छ । आधुनिक प्रविधिहरुको समुचित उपयोग गर्दै संस्थाले स्मार्ट बैंकिंग सेवा स्वरुप चन्द्रागिरि एम।सर्भिस र एटिएम सेवाको साथै विभिन्न सदस्य सुरक्षाको सेवाहरु प्रदान गर्दै आईरहेकोछ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलज्यूको प्रमुख आतिथ्यता रहेको उक्त सभामा चन्द्रागिरि नगरपालिकाका प्रमुख श्री घनश्याम गिरी विशिष्ट अतिथि रहनु भएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप