स्थिरीकरण कोषको प्रथम वार्षिक परामर्श बैठक काठमाडौंमा शुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थिरीकरण कोषको प्रथम वार्षिक परामर्श बैठक काठमाडौंमा शुरु

काठमाडौं । बचत तथा ऋण सहकारी सम्बन्धी स्थिरीकरण कोषको प्रथम वार्षिक परामर्श बैठक काठमाडौंमा केही बेर अघि प्रारम्भ भएको छ । कार्यक्रमको अध्यक्षता कोष सञ्चालन समितिका अध्यक्ष समेत रहनुभएका नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, प्रमुख अतिथि पूर्व मन्त्री एवम् राष्ट्रिय सहकारी महासंघ नेपालका निवर्ततमान अध्यक्ष केशब प्रसाद बडाल, राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष दक्ष पौडेल, नेफ्स्कूनका निवर्तमान अध्यक्ष डीबी बस्नेत, पूर्व अध्यक्ष ऋषिराज घिमिरे,  नेफ्स्कुनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष दिपक पनेरु, सञ्चालक सदस्यहरु यज्ञ प्रसाद ढकाल, रिना आचार्य, न्हुछे नारायण श्रेष्ठसँगै कोष सञ्चालन समितिका सदस्यहरु भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव ऋषिराम पंगेनी, अर्थ मन्त्रालयका उपसचिव गोविन्द प्रसाद सुवेदी, नेपाल राष्ट्र बैंकका उप निर्देशक रामकाजी खाईजु, राष्ट्रिय सहकारी विकास बोर्डका उप निर्देशक अनिलराज पौडेल, राष्ट्रिय सहकारी महासंघ नेपालका महाप्रबन्धक चित्राकुमारी थामसुहाङ, राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङ लगायत कोषमा योगदान गर्ने बचत तथा ऋण सहकारी संघ संस्थाका प्रतिनिधिहरु, नेफ्स्कून उच्च व्यवस्थापन तथा सञ्चारकर्मीरुको उल्लेख्य उपस्थिति रहेको छ । 

कार्यक्रममा कोष सञ्चालन समितिका अध्यक्ष एवम् नेफ्स्कूनका अध्यक्ष पौड्यालले कोषको हालसम्मको गतिविधिहरु समेटेर प्रतिवेदन पेश गर्दै बचत तथा ऋण सहकारी अभियानको जगेडा कोषको रुपमा स्थिरीकरण कोष रहेको र यसलाई कानुनी अड्चनका बीच अघि बढाउन नेफ्स्कून र अभियान प्रतिबद्ध रहेको धारणा राख्नुभयो । यसैगरी, नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष एवम् प्रबक्ता चन्द्र प्रसाद ढकालले शुभकामना व्यक्त गर्दै कोषलाई अघि बढाउने विषयमा नेफ्स्कून प्रतिबद्ध भएको उल्लेख गर्दै सबै वित्तीय सहकारीहरुलाई यसमा योगदानका लागि आग्रह गर्नुभयो ।

स्थिरीकरण कोषभित्र सबैलाई गोलबद्ध हुन उहाँले आग्रह गर्नुभयो । यसअघि, बैठकको स्वागत गर्दै कोष सञ्चालन समिति सदस्य रहनुभएका नेपाल राष्ट्र बैंकका उपनिर्देशक रामकाजी खाईजुले कोषलाई अभियानमैत्री र सहभागितामूलक बनाउने तर्फ काम भैरहेको जानकारी गराउनुभयो । कार्यक्रम सञ्चालन कोष सञ्चालन समितिका सदस्य सचिव एवम् नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले गरिरहनुभएको छ ।
 
भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१२ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

५ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१२ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप