दाङमा साकोस एकिकरण अभियानमा अर्को ठूलो सफलता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दाङमा साकोस एकिकरण अभियानमा अर्को ठूलो सफलता

सिसहनीया,  दाङ । दाङमा साकोस एकिकरण अभियानमा हिजो अर्को एक सफलता प्राप्त भएको छ । जिल्लाको राप्ती गाउँ पालीका अवस्थित साबिकको हरियाली बचत तथा ऋण सहकारी संस्था ली, श्री महाप्रभु बचत तथा ऋण सहकारी संस्था ली, बिहानी बचत तथा ऋण सहकारी संस्था ली. र जनजिविका बचत तथा ऋण सहकारी संस्था ली ले एक आपसमा एकिकरण गरी भुमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय प्रदेश नं.५ रुपन्देही बाट यहि मिति २०७७ पोैष २७ गते देउखुरी बचत तथा ऋण सहकारी संस्था ली को नाममा एकिकृत साकोसको मान्यता प्राप्त गरेको छ ।  संस्थाले बुधबार एकिकरण घोषणा सभा  आयोजना गरी एकिकृत संस्थाका करिब ५००० शेयर सदस्य माझ संयुक्त कारोबार सुभारम्भको घोषणा गरेको हो । 

एकिकृत संस्थाका अध्यक्ष शिवध्वज मल्लको सभाध्यक्ष एवम लुम्बिनी प्रदेश भूमि , व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री आरती पौडेलको प्रमुख आतिथ्यता र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का महासचिब दामोदर अधिकारीको बिशिष्ट आतिथ्यतामा राप्ती गाउँपालिका ५ सिसहनियामा ऐतिहासिक एकिकरण घोषणा सभा सम्पन्न भएको हो । 

पञ्चे बाजाका साथ संस्थाको केन्द्रीय कार्यालयबाट निस्केको प्रमुख अतिथी लगायत अतिथि एवम् सहभागी सहितको ¥यालीले कार्यक्रम स्थलमा पुगी साबिकका ४ वटा साकोसका अध्यक्षहरुले संयुक्त रुपमा बोकेर ल्याएको तामाको ताउलीमा साबिकका ४ वटा साकोसका कोषाध्यक्षहरुले बोकेर ल्याएको तामाको गाग्रीको पानी मंगलधुन सहित खन्याएर एकिकृत कारोबार सुभारम्भ घोषणा गरेको हो  । कार्यक्रममा बोल्दै मन्त्री पौडेलले साकोसको यो अनुकरणीय कार्य विद्यमान राजनीतीले पनि सिक्नु पर्ने बताउनुभयो । उहाँले अब देउखुरी साकोसले आफ्नो कला, संस्कृति, संस्कार, उत्पादन तथा वित्तीय सेवाहरु नेपालको सिङ्गो सहकारी अभियानलाई पस्किनु पर्ने बताउदै सहकारी भोजनालय, आवास, स्थानीय उत्पादन लाई प्रवर्धन गर्न कृषि बजारीकरण लाई जोड दिनु पर्ने बताउनु भयो  दउखुरी साकोसले अब वृद्धवृद्धाको मनको भारी बिसाउने थलो, महिला दिदी बहिनीको लागि आयमुलक कार्यहरु र युवा पिढीलाई युवा उद्यम लक्षित कार्यक्रम ल्याउनु पर्ने बताउनु भयो । 

कार्यक्रममा बोल्दै नेफ्स्कून महासचिव दामोदर अधिकारीले स्थानीय सञ्चार कर्मीहरुलाई साकोस एकिकरण कार्यको महत्व झल्काइ समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । नेफ्स्कुनले आफ्ना सदस्य संघ संस्थाको वित्तयि कारोबार कति सुरक्षित छ भन्ने विषयमा सदैव चासो राख्ने र त्यसका लागि गुणस्तर प्रमाणीकरण सम्बन्धि विभिन्न कार्यक्रम रहेको बताउनु भयो । साबिकका ४ वटा साकोसका सञ्चालक तथा कर्मचारीहरु एवम् एकिकरण कार्यदलका सदस्यहरु लगायत सम्पूर्ण शेयर सदस्यलाई हार्दिक बधाई ज्ञापन गर्दै उहाँले नियमित बचतले मात्र सदस्य र संस्था दुबैको हित हुनेमा बिशेष जोड दिनुभयो ।  महासचिव अधिकारीले आफु अध्यक्ष रहेको बर्दियाको सिको साकोसले एकिकरण पश्चात एक वर्षमा  १५००० पाहुनाहरुलाई संस्थामा स्वागत गरेको बताउदै अब देउखुरी साकोसले सहकारी अभियानलाई नयाँ संस्कार दिनु पर्ने बताउनु भयो ।  

कार्यक्रममा संस्थाका कोषाध्यक्ष रामकृष्ण पौडेलले एकिकृत संस्थाको ४३ करोड ८० लाख ११ हजार ४१७ रुपैयाको कुल वासलात पुगेको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाका महासचिव देव प्रसाद चौधरीले अब संस्थामा देउखुरी क्षेत्रका लमही नगरपालीका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाका  ६१२७ जना शेयर सदस्य रहेको र ६ वटा स्थानबाट सेवा प्रवाह गर्ने जानकारी दिदै संस्थाले आगामी ६ महिनामा गर्नुपर्ने कार्यक्रमको बारेमा प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, जिल्ला सहकारी संघ लि. दाङका अध्यक्ष गोविन्द प्रसाद शर्मा लगायतले बोल्नु भएको थियो । कार्यक्रममा नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरु, सञ्चालक सन्दिप सापकोटा, कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोख्रेल, व्यवसाय विभाग प्रमुख राधेश्याम श्रेष्ठ, दाङ्ग फिल्ड कार्यालय इन्चार्ज बेद प्रसाद भट्टराई, जिल्ला बचत तथा ऋण सहकारी संघ का अध्यक्ष रुप बहादुर खत्री, राष्ट्रिय सहकारी बैंकका तालिम अधिकृत नारायण बेलबासे लगायत स्थानीय संघ संस्थाका प्रतिनिधि सहित संस्थाका ५००० जना भन्दा धेरैको सहभागिता थियो ।

शिवध्वज मल्लको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिती र रुकमाङ्गत ज्ञवालीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिका सम्पूर्ण पदाधिकारीहरुलाई नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो । एकिकृत साकोसका उपाध्यक्ष जिवराज शर्माको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण  संस्थाका सचिब हरी भुसालले गर्नु भएको थियो । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२१ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२१ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप