विश्व बचत ऋण अभियानको सर्वोच्च पुरस्कारका लागि आवेदन आव्हन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विश्व बचत ऋण अभियानको सर्वोच्च पुरस्कारका लागि आवेदन आव्हन

एजेन्सी । विश्व ऋण परिषद् (ओकू) ले प्रदान गर्ने विश्व बचत तथा ऋण अभियानको सबैभन्दा ठूलो तथा प्रतिष्ठित पुरस्कारको लागि आवेदन माग गरेको छ । बचत तथा ऋण सहकारी अभियानमा आफ्नो मुलुकको सीमा भन्दा बाहिर समेत उल्लेख्य भूमिका निर्वाह गर्ने व्यक्ति तथा संस्थालाई प्रदान गरिने Distinguished Service Award (DSA) का लागि ओकुले आवेदन आव्हान गरेको हो । उक्त पुरस्कार आगामी जुलाई १४ देखि २१ सम्म भर्चुअल रुपमा आयोजना गरिने ओकू सम्मेलनमा घोषणा तथा प्रदान गरिने छ ।

ओकूका प्रमुख कार्यकारी अधिकृत ब्रायन ब्रान्चले विश्व बचत ऋण अभियानमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्न पाउँदा ओकू अत्यन्त खुसी हुने बताउनुभयो । मुलुकको सीमा भन्दा बाहिर समेत प्रभाव छोड्ने कामको सही मुल्याङनले अरुका लागि समेत प्रेरणा प्रदान गर्ने उहाँले बताउनुभयो । व्यक्तिगत सम्मानतर्फ विश्व बचत ऋण अभियानको पहिचान बढाउन भूमिका खेल्ने व्यक्तित्वलाई पुरस्कृत गरिने छ भने संस्थागत सम्मानतर्फ अभियानका लागि वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध गराउने संस्थालाई पुरस्कृत गरिने ओकूले जनाएको छ । पुरस्कारका लागि प्रत्यक्ष रुपमा ओकू आबद्ध सदस्य वा ओकू आबद्ध सदस्य संघसंस्थाको सिफारिशमा उनीहरुसँग आवद्ध व्यक्ति वा संघ संस्थाले आवेदन दिन सक्नेछन् । पुरस्कारका लागि आवेदन  दिने आगामी मार्च १२ सम्मको समय उपलब्ध गराइएको छ । यो पुरस्कार वार्षिक रुपमा प्रदान गरिने कार्यक्रम नभई पुरस्कार छनौट समितिले योगदान तथा औचित्यका आधारमा आवश्यकता हेरेर प्रदान गर्ने सिफारिश गर्दछ ।  गत वर्ष उक्त पुरस्कार अमेरिकाको इन्डियाना क्रेडिट युनियन लीगलाई प्रदान गरिएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२१ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप