कर्बस् काठमाडौं पहिलो समूहको १४ औं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कर्बस् काठमाडौं पहिलो समूहको १४ औं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला

काठमाडौं । स्मरण बचत तथा ऋण सहकारी संस्था लि. अनामनगरको आयोजनामा जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम-कर्बस् काठमाडौं पहिलो समूहको १४ औं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला आज सम्पन्न भएको छ । कार्यशालाको उद्घाटन नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले गर्नुभएको थियो भने संघका कोषाध्यक्ष दिपक पनेरु, सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल एवम् अनुगमन अधिकृत सोबिता मैनाली, कास्कूनकी अधिकृत सबिना न्यौपाने लगायत समूहमा आबद्ध साकोसका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको प्राविधिक सहयोग नेफ्स्कून एवम् कास्कूनको रहेको थियो । कार्यक्रममा नेफ्स्कूनका महासचिव अधिकारीले साकोसहरु संघले सञ्चालन गरेको गुणस्तर सुनिश्चितता सम्बन्धी कार्यक्रमहरुमा आबद्ध भएका कारण नै कोभिडको समयमा पनि अत्यन्त न्यून जोखिममा सदस्य सेवा पुर्याउन सफल भएको भन्दै प्रशंसा गर्नुभयो । सदस्य संस्थाहरुलाई जस्तो सुकै सहयोग गर्न नेफ्स्कून तयार रहेको पनि कार्यक्रममा महासचिव अधिकारीले बताउनुभयो ।

नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख ढकालले उत्प्रेरणामूलक प्रस्तुति दिनुभएको कार्यक्रममा सहभागी साकोसका प्रतिनिधिहरुले आफ्नो संस्थाको वित्तीय र संस्थागत सूचकहरुका सम्बन्धमा आवश्यक कार्ययोजना बनाई काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता स्मरण साकोसका अध्यक्ष ठाकूर प्रसाद त्रिपाठीले गर्नुभएको थियो । समूहको अर्को कार्यशाला भद्रावती साकोसको आयोजनामा बैशाख २४ गर्ने निर्णय समेत भएको छ । कोभिड १९ शुरु भएयता आज पहिलो पटक उक्त समूहको भौतिक कार्यशाला आयोजना गरिएको नेफ्स्कूनकी अनुगमन अधिकृत मैनालीले जानकारी गराउनुभयो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप