मिलिजुली कालिञ्चोकद्वारा नियमित वित्तीय साक्षरता कार्यक्रम सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मिलिजुली कालिञ्चोकद्वारा नियमित वित्तीय साक्षरता कार्यक्रम सुरु

दोलखा । जिल्लाको भीमेश्वर नगरपालिका वडा नं. ६ चरिकोट स्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्ना शेयर सदस्य तथा बालबचतकर्ताहरुलाई नियमित वित्तीय साक्षरता कार्यक्रम सुरु गरेको छ । एक पटकमा न्यूनतम २० जना शेयर सदस्य वा बालबचतकर्ताहरु राखि कार्यक्रम ब्यवस्थापन गरिएको संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठले बताउनुभयो । 

संस्थाका शिक्षा उपसमिति संयोजक नारायण प्रसाद सापकोटाले शेयर सदस्य तथा बाल बचतकर्ताको वित्तीय ब्यवस्थापनमा परिवर्तन ल्याउने उद्देश्यले साक्षरता कार्यक्रम शुरु गरिएको बताउनुभयो । सर्वप्रथम सदस्यहरुको वित्तीय सोचमा परिवर्तन गर्न उत्प्रेरित गरिने, वित्तीय लक्ष्य र पारिवारीक बजेट निर्माण गर्न सिकाईने, बजेट अनुसार आम्दानी खर्च र पैसा ब्यवस्थापन गर्न सिकाईने, बचत बृद्धि गर्ने उपायहरु र क्षमता अनुसार ऋण प्रयोग गर्न सिकाई शेयर सदस्य तथा बालबचतकर्ताहरुलाई वित्तीय सक्षमता निर्माण गर्न कार्यक्रमको जोड रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, संस्थाले सदस्यहरुका लागि लिएको वित्तीय साक्षरता योजना बमोजिम हिजो संस्थाका २० जना शेयर सदस्यहरु बाट कार्यक्रम शुरुवात गरिएको छ । 

सहायक ब्यवस्थापक रमेश सापकोटाले संस्थामा हाल आवद्ध २२,५९५ जना शेयर सदस्य साथै सम्भावित शेयर सदस्यहरु र ८,८६६ बालबचतकर्ताहरुलाई समेत लक्षित गरी नियमित वित्तीय शिक्षा प्रदान गर्ने योजना रहेको जानकारी गराउनुभयो । 

वित्तीय शिक्षा कार्यक्रमले संस्थाका शेयर सदस्यहरुमा वित्तीय साक्षरताको ज्ञान, बचतको महत्व, वित्तीय सेवाको प्रयोग, व्यवसाय तथा व्यवसायको विविधिकरण, नयाँ प्रविधिको उच्चतम प्रयोग र सम्पन्नता प्राप्ती को बारेमा ज्ञान हुने साथै शेयर सदस्यहरुको चिन्ता, कमजोर स्वास्थ्य, कमजोर उत्पादन, पारिवारीक तथा ब्यक्तिगत तनाव कम हुदै जाने लक्ष्य लिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताउनु भयो ।
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप