अग्रणी सहकारी साधक बाँस्कोटा ‘राष्ट्रिय सहकारी पुरस्कार’ बाट सम्मानित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अग्रणी सहकारी साधक बाँस्कोटा ‘राष्ट्रिय सहकारी पुरस्कार’  बाट सम्मानित

काठमाडौं । मुलुकको सहकारी अभियानका अग्रणी दिपक प्रकाश बाँस्कोटा ‘राष्ट्रिय सहकारी पुरस्कार’ बाट सम्मानित हुनुभएको छ । राष्ट्रिय सहकारी महासंघ, नेपालले बाँस्कोटालाई उक्त सम्मान प्रदान गर्ने घोषणा ६४ औं राष्ट्रिय सहकारी दिवस, चैत २० मा गरेको थियो । महासंघले ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आज आयोजित विशेष समारोहमा उहाँलाई उक्त पुरस्कार बाट सम्मानित गरेको हो । प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री लिलानाथ श्रेष्ठ, महासंघका निवर्तमान अध्यक्ष केशब प्रसाद बडाल र वर्तमान अध्यक्ष मिनराज कडेलले दोसल्ला, माला, प्रमाणपत्रसहित पचास हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।

बाँस्कोटाले मुलुककोसहकारी अभियानमा पुर्याएको योगदानको कदर स्वरुप ‘राष्ट्रिय सहकारी पुरस्कार प्रदान गरिएको महासंघले जनाएको छ । सहकारी ऐन–२०४८ र नियमावली निर्माण उहाँकै नेतृत्वमा भएको थियो । समुदायको सामाजिक आर्थिक विकासमा सहकारी जस्तो शसक्त माध्यम नभएको निष्कर्ष विदेश भ्रमणबाट निकालेपछि राजनीतिलाई अल्पविराम दिएर उहाँ जनतासँग प्रत्यक्ष जोडिएको सहकारी अभियानमा पूर्णत होमिनुभएको थियो । उर्जा र शिक्षा सँगालेका युवा अनि नवीन र पहुँचयोग्य प्रविधिको उपलब्धताले सहकारीलाई समाजवादको सारथी बनाउन सकिने बताउनुहुन्छ ।

बाँस्कोटा पूर्व गृह राज्यमन्त्री, राष्ट्रिय सहकारी विकास बोर्डका प्रथम अध्यक्ष, राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँ सहकारी प्रारुपमा पाँचथरमा सञ्चालित कञ्चनजंघा टी स्टेट एण्ड रिसर्च सेन्टरका अध्यक्ष, महर्षि फाउन्डेशनका अध्यक्ष लगायत अन्य केही उद्योग व्यवसाय र सामाजिक संघ संस्थाहरुमा प्रत्यक्षपरोक्ष संलग्न हुनुहुन्छ । उहाँ हाल सहकारीबाट सञ्चालित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरका साथै महर्षि फाउन्डेशनका अध्यक्ष समेत हुनुहुन्छ । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप