प्रविधिमैत्री बन्दै रूपन्देहीका सहकारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रविधिमैत्री बन्दै रूपन्देहीका सहकारी

– विकाश पराजुली

छिटो, छरितो, सरल र सहज तरिकाले काम हुन थालेपछि रूपन्देहीका सहकारीहरूले पनि प्रविधिको प्रयोग बढाएका छन् । प्रविधिको प्रयोगले सेवाग्राही र सेवाप्रदायक दुवैलाई सहज बनाएको प्रयोगकर्ताहरू बताउँछन् । प्रविधिकै प्रयोगले सहकारीको कार्यालयमा लाइन लागेर सेवा लिनुपर्ने झञ्झट पनि हटेको उनीहरूको भनाइ छ ।

ईश्वरी मरासिनी

रूपन्देहीको तिलोत्तमास्थित शंकरनगरमा रहेको सामूहिक बचत तथा ऋण सहकारी संस्थाले एटीएम सेवा सुरु गरेको दुई वर्षभन्दा बढी भयो ।

सुरुवातमा धेरैले चासो नदिए पनि यो सेवामा अहिले आर्कषण बढेको सहकारीले जानकारी दिएको छ ।

लुम्बिनी प्रदेशमै एटीएम सुरु गर्ने यो पहिलो सहकारी हो । त्यसबाहेक फोन पे मोबाइल एप, एसएमएस सेवा पनि सहकारीले दिइरहेको छ । यसले सेवाग्राहीलाई सहज भएको बताउँछन् सहकारीका वरिष्ठ व्यवस्थापक ईश्वरी मरासिनी ।

कारोबारका हिसाबले लुम्बिनी प्रदेशकै ठूलो यो सहकारीको कुल निक्षेप २ अर्ब १४ करोड ८३ लाख छ । गत वर्ष ६ करोड ८५ लाख नाफा कमाएको यो सहकारीको सेयर पुँजी २७ करोड ४० लाख छ ।

वचत तथा ऋण कारोबारमा केन्द्रित सहकारीहरू पछिल्लो समय प्रविधिमैत्री बनिरहेका छन् । रूपन्देहीका बचत तथा ऋण सहकारी एवं बहुउद्देश्य सहकारी मात्र नभइ साना पशुपालक कृषि सहकारीहरू पनि प्रविधिमैत्री बन्दै जान थालेका छन् । प्रविधिको प्रयोग बढेसँगै सेवाग्राहीहरूलाई सहज भएको सहकारीहरूले जनाएका छन् ।

विनोद प्रताप राणा

कोभिडको महामारीमा यस्ता सेवाले सदस्यलाई प्रत्यक्ष फाइदा पुगेको सहकारीका सञ्चालकहरू बताउँछन् । ‘सहकारीकै माध्यमबाट मोबाइल एप, एसएमएस बैंकिङ हुने भएकाले कोभिडमा समेत सदस्यहरूले धेरै सुविधा पाए,’ लुम्बिनी सहकारीका व्यवस्थापक विनोद प्रताप राणाले भने, ‘यसमा सदस्यहरूको आर्कषण अझै बढाउँदै लैजाने र भावी दिनमा डिजिटल पेमेन्टलाई आत्मसाथ गर्ने गरी अघि बढेका छौँ ।’

कुल २ हजार ७ सय ९ सदस्य रहेको सहकारीका १ हजारभन्दा बढी सदस्यले मोबाइल एप प्रयोग गर्दै आएको उनले बताए । १ अर्ब ४ करोड ५५ लाख बचत रहेको यस सहकारीले गत वर्ष ४ करोड ८० लाख रुपैयाँ नाफा गरेको थियो ।

तिलोत्तमामा रहेको जनउत्थान सहकारीले पनि सेयर सदस्यलाई मोबाइल बैंकिङ, फोन पे लगाएतका सेवा दिइरहेको छ । सहकारीकी अध्यक्ष ज्ञानु पौडेलले अहिले सहकारीका २ हजार २ सयभन्दा बढीले मोबाइल एप मार्फत सेवा पाइरहेको जानकारी दिइन् ।

शिलापत्र डट कम बाट साभार गरिएको । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप