एक्सेस ५ औं ब्याचको अभौतिक कार्यशाला गोष्ठी सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एक्सेस ५ औं ब्याचको अभौतिक कार्यशाला गोष्ठी सम्पन्न

काठमाडौं । एक्सेस कार्यक्रममा आवद्ध ५ औं ब्याचका संस्थाहरुको २०७८ श्रावण २८ गते अभौतिक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कोभिडको जोखिमसँगै संस्थामा परेको असर एवं जोखिम न्यूनिकरणका लागि भएका संस्थागत प्रयासहरुको बारेमा समुह संस्थाहरुमा सिकाई आदान प्रदान भएको छ । 

कोभिड महामारीको समयमा पनि संस्थाहरुले डिजिटल सर्वेक्षण गरेको, सदस्य शिक्षाको कार्यक्रमहरु साना साना ईकाईहरुमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी नियमितता दिएको, संस्थाको विद्युतीय भुक्तानी प्रणालीमा विभिन्न विशेषता एवं सुविधाहरु थपिएको, विपद जोखिम न्यूनिकरणको लागि संस्थाले निर्देशिका विकास गरी कार्यान्वयनका लागि बजेट विनियोजन गरिएको लगायतका विषयमा छलफल भएको थियो । संघले स्तरिकरण कार्यक्रम अन्तर्गत विकास एवं कार्यान्वयन गरेको प्रोबेशनको म्यानुअलमा अद्यावधिक भएका क्षेत्रहरुको बारेमा कार्यान्वयनको छलफल गरिएको थियो । कर्मचारीहरुको सन्तुष्टी परिक्षण, सुशासन स्तर परिक्षण, सञ्चालक समितिको प्रभावकारीता विश्लेषण एवं संस्थामा देखिएका एवं भविष्यमा देखिन सक्ने द्वन्द्वहरुको पहिचान गरी द्वन्द्व व्यवस्थापन गर्न द्वन्द्व व्यवस्थापनको सक्रिय प्रणाली कार्यान्वयनका सन्दर्भमा छलफल एवं सिकाई सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेफ्स्कून उपाध्यक्ष एवं सदस्य सेवा उपसमिति संयोजक शान्ती अधिकारीले कोभिडको प्रतिकुल समयमा सदस्य हित एवं सुरक्षाको कार्यक्रमहरुलाई निरन्तरता दिन सकेकोमा खुसी व्यक्त गर्दै कोभिडको असर थेगेको संस्थालाई पुनः सुरक्षित र पर्ल्सका सूचकहरुमा ल्याउनु अबको चुनौतीपूर्ण कार्य भएको बताउनुभयो । यस क्लष्टरमा ग्रामीण साकोस सल्यान, सिको साकोस बर्दिया, जनउत्थान साकोस रुपन्देही, कोलिय देवदह साकोस रुपन्देही, ग्रामीण साकोस बर्दघाट, मध्यनेपाल साकोस नवलपुर, भरतपुर जनसेवा साकोस चितवन र धादिङ्बाट सहारा महिला साकोस र श्रोत परिचालन साकोस रहेका छन् ।     

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१६ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप