सदस्य सेवा केन्द्र विस्तार गर्दै चन्द्रागिरि साकोस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्य सेवा केन्द्र विस्तार गर्दै चन्द्रागिरि साकोस

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. ले सदस्य सेवा विस्तार गर्दै आज दहचोकमा सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ । चन्द्रागिरि नगरपालिका वडा नं १२, सृजनाचोकमा स्थापना गरिएको उक्त सेवाकेन्द्रको उद्घाटन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनका अध्यक्ष  परितोष पौड्यालले गर्नुभएको छ । 

चन्द्रागिरि न.पा. १ खहरे स्थित साविक दहचोक नमुना बचत तथा ऋण सहकारी संस्था र चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. एक आपसमा एकीकरण भई उक्त सेवाकेन्द्र स्थापना भएको हो । वि.स. २०५८ साल वैशाख ६ गते स्थापना भएको चन्द्रागिरिले समुदायमा विभिन्न सहकारी सेवाहरु प्रदान गर्दै आईरहेकोमा वि.स. २०७६ सालबाट आफ्नो एकीकरणको कार्यक्रमहरु सम्पन्न गर्दै अगाडि बढिरहेको छ । हाल सम्म ३ वटा सहकारी संस्थाहरु संग एकीकरण गरिसकेको चन्द्रागिरि साकोसको थप सेवाकेन्द्रहरु ललितपुरको खुमलटार, काठमाडौंको न्यूरोड र धादिंगको नौविसेमा समेत स्थापना गर्ने कार्यक्रम रहेको छ । 

सेवा केन्द्र उद्घाटनका क्रममा प्रमुख अतिथि पौड्यालले राष्ट्रबैंकद्वारा जारी मौद्रिक नीतिमा सहकारीहरुका बारेमा गरिएको व्यवस्थाहरुको चर्चा गर्नुको साथै साकोसको स्तरीकरण र स्थिरीकरण दुवै विषयलाई महत्वका अगाडि बडाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारी संस्थाहरुलाई वित्तिय बाहेक अन्य क्षेत्रहरुबाट हुने जोखिमको सामना र व्यवस्थापन गर्नको लागि व्यवसाय निरन्तरता योजनाको अभ्यास साकोसहरुले गरिसकेको हुँदा अब डिज्यास्टर रिस्क रिडक्कसन (डि.आर.आर.) को पूर्वतयारी गरी अगाडि बढ्न सुझाव दिनुभयो । 

चन्द्रागिरिका निवर्तमान अध्यक्ष शिवशंकर मानन्धरले सहकारी एकीकरण प्रकृयालाई थप जोड दिँदै अगाडि बढने योजना रहेको बताउनु भयो भने अध्यक्ष योगेन्द्रकुमार कुँवरले दहचोक क्षेत्रमा चन्द्रागिरि साकोसले गुणस्तरीय सहकारी वित्तीय सेवा प्रदान गर्ने अठोट गरेको हुँदा ढुक्क भएर सदस्यहरुलाई साकोसका सेवामा सहभागी हुन अनुरोध गर्नुभयो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठका अनुसार २०७८ असार मसान्त सम्ममा संस्थाको कुल सदस्य संख्या १४,२२५ जना, शेयर पुँजी १६ करोड १४ लाख, बचत निक्षेप २ अर्ब २१ करोड, ऋण लगानी १ अर्ब ७५ करोड र कुल सम्पत्ति २ अर्ब ७३ करोडको रहेको छ । संस्थाले गत वर्षको तुलनामा  सदस्यता तर्फ १८ प्रतिशत, सम्पत्ति तर्फ २९ प्रतिशत र सञ्चालन आय (नाफा) तर्फ ८० प्रतिशतले बृद्धि गरेको छ । 

संस्थाको लक्ष्य “३० अर्ब कुल सम्पत्ति र १ लाख सदस्य” राखिएको छ । सेवाकेन्द्र समुद्घाटनका दिन श्रावण ३० गते थप १ सय जना व्यक्तिहरुले सदस्यता लिनु भएको र ३२० जना सदस्यहरुले कारोवार गर्नुभएको कुरा सेवाकेन्द्र प्रमुख सुनिल बस्नेत जानकारी गराउनुभयो ।

स्थापनाको समय देखि नै समुदायमा आधारित भई सहकारीका सिद्धान्त र मूल्यहरुलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको चन्द्रागिरि साकोसमा १४ प्रकारका बचत र १९ प्रकारका ऋण सेवाहरु उपलब्ध छन् । साथै सदस्यहरुलाई सामाजिक सुरक्षाको प्रत्याभुतिका लागि विभिन्न सदस्य राहत सुविधाहरु संस्थाले प्रदान गर्दै आईरहेको छ जसमा स्वास्थ्य उपचार, काजक्रिया, सुरक्षित मातृत्व, घातक रोग उपचार, एम्बुलेन्स तथा शव बाहन आदि प्रमुख सुविधाको रुपमा रहेका छन् । संस्थाले आधुनिक प्रविधिको समुचित उपयोग गर्दै मोबाईल बैंकिङ्ग, एटिएम, कियोस्क बैंकिङ्ग र मोहोरपे जस्ता प्रविधिमा आधारित डिजिटल सेवाहरु प्रदान गर्दै आईरहेको छ भने सवारी साधनको ब्लुबुक नविकरण तथा कर भुक्तानी, कर्मचारी सञ्चयकोष ऋण सापटीको किस्ता भुक्तानी, बसभाडा छुट, स्वास्थ्य उपचार छुट जस्ता सेवा तथा सुविधाहरु समेत प्रदान गरिरहेको छ । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था राष्ट्रिय सहकारी महासंघ लि. बाट “उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार, २०७६” बाट पुरस्कृत संस्था हो ।
 
भर्खरै
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

५ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप