बागमती प्रदेश बचत संघको चारवर्षे व्यावसायिक रणनीतिक योजना निर्माण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बागमती प्रदेश बचत संघको चारवर्षे व्यावसायिक रणनीतिक योजना निर्माण

काभ्रे । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड (वागमती प्रोस्कून) को आगामी चार वर्षका लागि व्यावसायिक रणनीतिक योजना निर्माण कार्याशाला गोष्ठी सम्पन्न भएको छ । 

काभ्रेपलाञ्चोकमा भाद्र ११ र १२ गते आयोजित कार्यशालाको उद्घाटन राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले गर्नुभएको थियो । प्रमुख अतिथि अध्यक्ष कंडेलले छोटो समयमा प्रदेश बचत संघले उल्लेख्य प्रगति गरेको र अब निर्माण हुन लागेको रणनीतिक व्यावसायिक योजनाले व्यावसायिक र क्षमतावान संघ निर्माण हुनेमा विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले बागमती प्रदेशको बचत तथा ऋण सहकारी संघसंस्थाहरुको व्यावसायिकीकरण गर्दै सुरक्षित साकोस निर्माणमा संघले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखेको बताउनुभयो ।

कार्यक्रममा विशेष अतिथि वागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण देवकोटाकोले सहकारी मार्फत साना व्यावसायिक परियोजनामा जोड दिनु पर्ने उल्लेख गर्दै प्रदेश सहकारी विकास बोर्ड र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ बीच साझेदारी र समन्वय गर्न विकास बोर्ड तयार रहेको विचार व्यक्त गर्नुभयो । 

कार्यक्रम समापन समारोहका प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले प्रदेश बचत तथा ऋण सहकारी संघले स्थापनाको पहिलो वर्षमा नै उत्कृष्ट रणनीतिक व्यवसायिक योजना निर्माण गरेकोमा बधाई दिनुभयो । बचत तथा ऋण अभियानमा नेफ्स्कूनले नेतृत्वदायी भूमिका खेल्ने र त्यसमा प्रदेश बचत तथा ऋण सहकारी संघको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । सदस्य संघसंस्थाहरुको क्षमतामा सुधार ल्याउन संघ लाग्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो । 

कार्यक्रममा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कून) को संचालक समिति, लेखा सुपरीवेक्षण समिति र उच्च व्यवस्थापन सहित १७ जनाको को उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघले आर्थिक तथा प्राविधिक सहयोग रहेको थियो । 

संघका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यशालाले आगामी ४ वर्षमा  २ हजार २५ सदस्य र कुल ९ अर्ब सम्पत्ति पुर्याउने लक्ष्य लिएको छ । 
 
भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप