नेपालगञ्जको नमस्ते साकोस एक्सेसमा आबद्ध; अब एउटै लक्ष्य ब्रान्डेड बन्ने 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेपालगञ्जको नमस्ते साकोस एक्सेसमा आबद्ध; अब एउटै लक्ष्य ब्रान्डेड बन्ने 

साकोसका अध्यक्ष बिष्णु बहादुर रिमालले भन्नुभयो, ‘अब साकोसको लक्ष्य निर्धारण भयो, जसरी हुन्छ ब्रान्डेड बनाउने ।’

काठमाडौं । बाँकेको नेपालगञ्जस्थित नमस्ते बचत तथा ऋण सहकारी संस्था लि एक्सेस कार्यक्रममा आबद्ध भएको छ । धम्बोझी चोक वडा नं १ मुख्य कार्यालय तथा कोहलपुर र खजुरा सेवा केन्द्र रहेको साकोस नेफ्स्कूनले एशियाली ऋण महासंघ (आकू) को प्राविधिक सहयोगमा सञ्चालन गरेको साकोसहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी अन्तर्राष्ट्रिय स्तरीकरण कार्यक्रम एक्सेसमा आज आबद्ध भएको हो ।आज साकोसको कार्यालयमा आयोजित सम्झौता हस्ताक्षर कार्यक्रममा बाँके जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष प्रकाश ज्ञवाली, साकोसका अध्यक्ष बिष्णु बहादुर रिमाल, व्यवस्थापक कुलबहादुर आले तथा नेफ्स्कूनका बरिष्ठ अधिकृत भरत न्यौपाने, संघका नेपालगञ्ज फिल्ड कार्यालय इन्चार्ज समिट खड्का लगायत उपस्थित हुनुहुन्थ्यो ।

२०६७ साल बैशाख ३१ गते स्थापित साकोसमा हाल १९ सय बढी सदस्य तथा ५५ कर्मचारी छन् । १ अर्ब ४ करोड ६८ लाख भन्दा बढीको वासलात रहेको साकोसको बाँकेका केही सीमित वडा बाहेक जिल्लाभर कार्यक्षेत्र रहेको छ । ‘दुःखको सारथी नमस्ते साकोस’ भन्ने मुल मन्त्र आत्मसात गर्दै संस्थाले आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।

अब साकोसको एउटै लक्ष्य

यसैबीच, साकोसका अध्यक्ष रिमालले एक्सेसका सूचकहरु पूरा गर्न चुनौतीहरु रहेपनि संस्थागत सुशासन, विश्वसनीयता, गुणस्तर पारदर्शिता, इमान्दारीका लागि गुणस्तरीयताको कार्यक्रममा आबद्ध भएको बताउनुभयो । नेपालगञ्जको खासगरी सहरी क्षेत्रमा बढी सदस्य भएको  साकोसलाई ब्रान्डेड बनाई उदाहरण प्रस्तुत गर्न अन्तर्राष्ट्रिय मान्यताप्राप्त स्तरीकरण कार्यक्रममा सहभागी भएको अध्यक्ष रिमालको भनाई छ । उहाँले भन्नुभयो, ‘अब हामी नमस्ते साकोसलाई एक्सेस ब्रान्डेड बनाउन आवश्यक नीति, विधि र प्रविधिहरु बनाउने र परिमार्जन गर्ने लगायत सबै काम गर्छौ ।’

सञ्चालक समितिले धेरै अघि दखि नै नेफ्स्कूनले सञ्चालन गरेको गुणस्तर सुनिश्चितासम्बन्धी कार्यक्रममा सहभागी हुने विषयमा छलफल गरेपनि विभिन्न परिस्थितिले रोकेको बताउँदै अध्यक्ष रिमालले अब भने धेरै ढिलो गर्न हुँदैन भनेर आबद्ध भएको जानकारी गराउनुभयो । अब साकोसको लक्ष्य निर्धारण भयो, जसरी हुन्छ ब्रान्डेड बनाउने, ’अध्यक्ष रिमालले भन्नुभयो, ‘यस कार्यक्रममा आबद्धताले क्रेडिट युनियनमा भएका अन्तर्राष्ट्रिय अभ्यासहरुका बारेमा पनि अपडेट हुन हामीलाई धेरै सहयोग पुग्ने छ ।’ 

ऋण लगानी, भाखा नाघेको ऋण, कर्मचारी व्यवस्थापन, सदस्य शिक्षा, सञ्चालक तथा व्यवस्थापनको क्षमता अभिवृद्धि जस्ता विषयमा साकोसले अब बिशेष ध्यान पुर्याउनुपर्ने अध्यक्ष रिमालले साकोस आवाजलाई बताउनुभयो ।

नेफ्स्कूनका बरिष्ठ अधिकृत भरत न्यौपानेले नेफ्स्कूनले सञ्चालन गरेको साकोसहरुको स्तरीकरण कार्यक्रममा सहभागी हुन धेरै संस्थाहरु इच्छुक रहेको बताउनुभयो । उहाँले कोराना सुरु भएयता झनै साकोसहरु नेफ्स्कूनको छातामुनि आबद्ध भई संघले सञ्चालन गरेका कार्यक्रमहरुमा सहभागिता जनाउन उत्सुक भएको उल्लेख गर्नुभयो । यसअघि यही भदौं ९ गते सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चुस्थित गंगामाला स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लि. पनि एक्सेस कार्यक्रममा आबद्ध भएको थियो ।
 
भर्खरै
स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

११ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

९ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३१ दिन अगाडि

पाठकबाट थप