पोखराको शैक्षिक साकोसका सञ्चालकहरुको आधारभूत क्षमता विकास तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखराको शैक्षिक साकोसका सञ्चालकहरुको आधारभूत क्षमता विकास तालिम सम्पन्न

कास्की । पोखरास्थित शैक्षिक साकोसका सञ्चालकहरुको आधारभूत क्षमता विकास तालिम सम्पन्न भएको छ । भदौं ११ र १२ गते नौडाँडा, पोखरामा आयोजित तालिममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति, सल्लाहकार र व्यवस्थापन प्रमुख गरी १७ जनाको सहभागिता थियो ।

समापन तथा उद्घाटन समारोहको अध्यक्षता साकोसका अध्यक्ष लिलाधर बरालले गर्नुभएको थियो । समापन समारोहका प्रमुख अतिथि  पोखरा नगरपालिका सहकारी संघका अध्क्ष बलराम गौतमले शैक्षिक विकास साकोस नेफ्स्कूनको स्तरीकरण कार्यक्रममा सहभागी हुन ढिलाई गर्न नहुने भन्दै त्यसको आधारमा दिगो, सुरक्षित र व्यावसायिक संस्था संचालन गरी अव्बल सावित गर्नुपर्ने बताउनुभयो । उहाँले तालिममा सिकेको कुरा संस्थामा पूर्ण रुपमा लागू गर्न पनि अनुरोध गर्दै सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्नुभयो ।

पहिलो दिन तालिम उद्घाटन समारोहका प्रमुख अतिथि पोखरा नगरपालिका सहकारी समन्वय समितिका अध्यक्ष तेजनारायण अधिकारीले पोखरा महानगरले सहकारी प्रवद्र्धनका लागि विभिन्न शिर्षकमा बजेट विनियोजन गरेको जानकारी गराउनुभएको थियो । उहाँले महानगर समन्वय समितिले महानगर भित्रका १२५ संस्थाको अनुगमन गरेको, नेफ्स्कूनको तालिममा आफुपनि सहभागी भएको र तालिमहरु उत्कृष्ट हुने गरेको धारणा राख्दै तालिममा सिकेको कुरा संस्थामा लागु गर्न आग्रह गर्नुभयो । प्रमुख अतिथि अधिकारीले शैक्षिक साकोस पोखराको नमुना संस्थाको रुपमा स्थापित हुनुपर्नेमा जोड दिदै तालिम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । उपाध्यक्ष वावुराम घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो । तालिम सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाले गर्नुभएको थियो । तालिम सहभागीहरुले प्रशिक्षक कोइरालाले प्रत्येक विषयलाई उदाहरण सहित स्पष्ट पार्नुभएको भन्दै प्रशिक्षण अत्यन्त फलदायी भएकोले संस्थामा लागु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप