‘साकोस ऐन जारी गर्न अब ढिलाइ गर्नुहुँदैन’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘साकोस ऐन जारी गर्न अब ढिलाइ गर्नुहुँदैन’

काठमाडौं । प्रतिनिधिसभाका सांसद घनश्याम खतिवडाले बचत तथा ऋण सहकारी (साकोस) ऐनको आवश्यकता दिनप्रतिदिन खट्किएको भन्दै ऐन जारी गर्न ढिलाइ गर्न नहुने बताउनुभएको छ । संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिका सदस्य खतिवडाले मुलुकमा बचत ऋण सहकारी संस्थाहरुको संख्या, कारोबार, सदस्यता, आयातन, संवेदनशीलता बढी भएकोले यसलाई ‘गर्भन’ गर्न छुट्टै ऐन आवश्यक भएको र त्यो ल्याउन अब ढिलो गर्न नहुने भन्दै सम्बन्धित निकाय र सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सहकारी अभियानमा लामो समयदेखि सक्रिय प्रतिनिधिसभाका सदस्य एवम् नेफ्स्कूनका पूर्व महासचिव खतिवडाको जीवन संघर्ष, सहकारी अभियानसँगका मिठा र रोचक प्रसङगहरु सहितको सामाग्री केही दिनमा ‘साकोस आवाज’ मा प्रकाशित हुनेछ ।

साकोस आवाजसँग कुरा गर्दै नेफ्स्कूनका पूर्व महासचिव समेत रहनुभएका खतिवडाले मुलुकमा सबै सहकारीहरुलाई एउटै डालोमा हालेर हेर्ने गरी विगत तथा हालको ऐन जारी भएको भन्दै बचत तथा ऋण सहकारीहरुका लागि साकोस ऐन जारी गर्न ढिला गर्न नहुने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय अभ्यासहरुलाई समेत हेर्दा क्रेडिट युनियन एक्ट भनेर छुट्टै ऐन जारी भएको बताउनुभयो । विश्व अभ्यासमा रहेको त्यस्तो एनेले संस्था दर्ता पूर्वदेखि अनुगमन, निरीक्षण र नियमनसम्मका विषयहरुलाई स्पष्ट सम्बोधन गरी बढी प्रभावकारी प्रमाणित भएको नेपालमा पनि नेफ्स्कूनले त्यसको आवश्यकता र औचित्यका बारेमा लामोसमयदेखि बहसपैरवी गर्दै आएको उल्लेख गर्नुभयो । स्मरणीय छ मुलुकका बचत तथा ऋण सहकारीहरुको एक मात्र छाता निकाय नेफ्स्कूनले २०७१ सालमै साकोस ऐनको मस्यौदा  सरकारलाई बुझाएको थियो ।

सांसद खतिवडाले अरु सहकारीहरु सहकारी ऐनबाट र बचत ऋण सहकारीहरु साकोस ऐनबाट ‘गर्भन’ गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो । साकोस ऐनका माध्यमबाट वित्तीय कारोबार गर्ने बचत ऋण सहकारीमा सुशासन प्रवर्धनमा सहयोग पुग्ने विचार सांसद खतिवडाको छ । उहाँले भन्नुभयो, ‘सहकारीमा देखापरेका वित्तीय अपचलन लगायत सुशासनका समस्या समाधानमा पनि  छुट्टै ऐन सहयोगी हुन्छ ।’ बढी नतिजा पनि बचत ऋण सहकारीले देखाएको र बढी समस्या पनि यही देखिएकोले पनि यसको समाधान गर्न छुट्टै साकोस ऐन आवश्यक रहेको उहाँको धारणा छ ।

आफुले संसदमा पनि बचत तथा ऋण सहकारीका लागि साकोस ऐन चाहिन्छ भनेर आवाज उठाएको प्रसङग उहाँले उल्लेख गर्नुभयो । अभियानको साथ र सहयोगमा नेफ्स्कूनले यस विषयमा सम्बन्धित निकाय र राज्यलाई बारम्बार घच्घच्याईरहनुपर्नेमा जोड दिदैं उहाँले आफुले पनि यो अभियानमा हरतरहले साथ दिने वचन व्यक्त गर्नुभयो । बचत तथा ऋण सहकारीहरुका लागि राष्ट्रिय जगेडा कोषका रुपमा रहने स्थिरीकरण कोष एकदमै आवश्यक भएको भन्दै अब चाँडोभन्दा चाँडो यसलाई खडा गर्नुपर्ने उल्लेख गर्नुभयो । नेफ्स्कूनले यस विषयमा गरेको पहलको प्रशंसा गर्दै सांसद खतिवडाले नेफ्स्कूनले सबै साकोसहरुलाई यसको महत्व बारे यथेष्ट प्रचार प्रसारसहित योगदान गर्न प्रेरित गर्नुपर्ने उहाँले बताउनुभयो । 

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२१ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२२ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२१ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप