सिन्धुली बचत संघको १४औं बार्षिक साधारणसभा सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुली बचत संघको १४औं बार्षिक साधारणसभा सम्पन्न 

काठमाडौं । जिल्लाको बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संघको रुपमा रहेको सिन्धुली बचत तथा ऋण साहकारी संघको १४औं बार्षिक साधारणसभा मंसिर २५ गते शनिबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।

संघकी अध्यक्ष बालकुमारी श्रेष्ठ ( बिमला) को सभापतित्व र जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख शंकर राज तिवारी वर्माको प्रमुख आतिथ्यमा सभाको उद्घाटन भएको थियो । 

प्रमख अतिथि बर्माले सहकारी अभियानलाई क्रियाशिल र सुव्यस्थित बनाउँदै अगाडि बढ्ने दौरानमा आफ्नो व्यक्तिग तथा संस्थागत साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । 
त्यसैगरी संघको विकास र प्रवर्धनका लागि सञ्चालकहरु क्रियाशिल र अझ सशक्त ढंगले लाग्नुपर्नेमा सहभागी बक्ताहरुले जोड दिनुभएको थियो । 

संघको अध्यक्षबाट संस्थाको प्रगति प्रतिवेदन, लेखा सुपरीवेक्षण समिति संयोजक शम्भुप्रसाद गजुरेलबाट लेखा समितिको प्रतिवेदन  र कोषध्यक्ष कृष्णहरि कोइरालाबाट आर्थिक वर्ष २०७७/०७८ को कारोबार विवरण प्रस्तुत गर्नुभएको थियो । संघले गत आ.ब.मा करिब १ करोड ८९ लाख २५ हजार बराबरको कारोबार मार्फत रु २ लाख ८३ हजार खुद नाफा गर्न सफल भएको प्रतिवेदनमार्फत प्रस्तुत गरिएको थियो ।     
  
संघमा आबद्ध जिल्लाका ७३ बचत तथा ऋण सहकारी संस्थाहरु मध्येबाट सभामा ४० बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।  

संघले यस वर्ष विभिन्न विधामा उत्कृष्ट हुन सफल सदस्य संस्था र संघको विकासमा उल्लेखनीय योगदान रहेका व्यक्तिहरुलाई सम्मान गरेको थियो । जस अन्तर्गत सिन्धु साकोस, सिद्धबाबा साकोस, कपिलेश्वर महिला साकोस र मिलिजुली सकोसलाई उत्कृष्ट संस्था सम्मान प्रदान गरिएको थियो भने संघको स्थापना र विकासमा उल्लेखनीय योगदान गर्नुहुने पूर्व अध्यक्षहरु नवराज पौडेल, रामप्रसाद भण्डारी र पार्वती भण्डारीलाई सम्मान गरिएको थियो । 

संघका महासचिव मिथिला घिमिरे प्याकुरेलले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सञ्चालक लोकमणि तिमल्सिनाले स्वागत गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१९ घण्टा अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२२ घण्टा अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

८ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१२ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

पाठकबाट थप