तेजस्वी मातृभूमी साकोस लमहीको दोस्रो बार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
तेजस्वी मातृभूमी साकोस लमहीको दोस्रो बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । दाङको लमही न.पा. ५ मा मुख्य कार्यालय रहेको तेजस्वी मातृभूमी बचत तथा ऋण सहकारी संस्था लि. को एकीकरण पछिको दोस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । मंसिर २३ गतेदेखि प्रारम्भ भएको उक्त साधारणसभा को पहिलो दिन राप्ती गा.पा. ८, नयाँबजार, दोस्रो दिन गढवा गा.पा. ६ र अन्तिम दिन लमहीमा आयोजना गरी सम्पन्न गरिएको थियो । 

साकोसका अध्यक्ष जोगमान खड्काको अध्यक्षता, संस्थाका सल्लाहकार एवम् कृषि विशेषज्ञ ईन्द्र बहादुर वलीको प्रमुख आतिथ्यता र राष्ट्रिय सहकारी बैँक दाङका शाखा प्रमुख डिल्ली राज दहालको विशिष्ठ आतिथ्यतामा अन्तिम दिनको कार्यक्रम सम्पन्न भएको थियो । 

२०७६/०७/०३ मा साविक तेजस्वी बचत तथा ऋण सहकारी संस्था लि. र साविक मातृभूमी बचत तथा ऋण सहकारी संस्था लि. एकीकरण भई दाङ जिल्लाकै प्रथम एकीकृत साकोसको रुपमा स्थापित संस्थाको आ.व. ०७७/०७८ को वार्षिक प्रगति प्रतिवेदन संस्थाका सचिब ऋषिराज रावत क्षेत्री र आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष सिर्जन भट्टराईले पेश गर्नु भएको थियो । आ.व. ०७७/०७८ मा कुल रु.१० करोड ८७ लाख ५१ हजार ४ सय ८१ वासलात रहेको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको साधारण सभामा चालु आ.व. को अन्तसम्ममा संस्थाको वासलात १५ करोड पुर्याउने गरी योजना प्रस्तुत गरिएको थियो । 

संस्थागत सुदृढीकरण र संस्थागत पुँजी बृद्धिलाई प्रमुख प्राथमिकतामा राखी निकट भविष्यमै देउखुरी क्षेत्रको उत्कृष्ट संस्थाको रुपमा स्थापित हुने लक्ष्यका साथ अघि बढेको संस्थामा हाल विभिन्न कोषमा गरी रु.१ करोड ३९ लाख ४२ हजार ७ सय ५२ रहेको र आ.व. ०७७/०७८ का लागि जम्मा ५ प्रतिशत मात्र शेयर लाभांश वितरण गर्ने प्रस्तावे पारित गरेको सभाले आफ्नै भवन निर्माणको उद्देश्यका साथ यस बर्ष पुँजीगत खर्च तर्फ जग्गा खरिदका लागि जगेडा कोष र घरजग्गा कोषको उचित व्यवस्थापन मार्फत् रु.६० लाख बराबरको बजेट पारित गरेको छ भने “उज्यालो भविष्य बचत सञ्चालन कार्यविधि”, “संरक्षित पुँजी फिर्ता कोष वितरण कार्यविधी” र “सदस्य सुरक्षण कार्यविधी” गरि जम्मा ३ वटा कार्यविधी समेत पारित गरेको छ । 

साधारणसभाले नर बहादुर डि.सी.को संयोजकत्वमा केशब घिमिरे र सन्तोष गौतम सदस्य रहने गरी ३ सदस्यीय लेखा सुपरीवेक्षण समित पुर्नगठन गरेको छ भने सभाबाटै ईन्द्र बहादुर वलीको संयोजकत्वमा जगत राम यादव र बसन्त प्रकास चौधरी सदस्य रहेको ३ सदस्यी शिक्षा उप समिति समेत चयन गरेको छ । विभिन्न चरणमा सम्पन्न साधारणसभामा प्रत्येक केन्द्रबाट कम्तिमा ३ जना प्रतिनिधि छनोट गरी निर्णय पुस्तिकामा अन्तिम हस्ताक्षर गर्ने व्यवस्था गरिएको थियो । 

साधारणसभाको अवसरमा संस्थामा कार्यरत कर्मचारी प्रियङ्का जैसी पोख्रेललाई बर्ष उत्कृष्ट कर्मचारीको उपाधिद्वारा सम्मानित गरिएको थियो भने ११ जना सदस्यलाई उत्कृष्ट बचतकर्ता सदस्य, ६ जना सदस्यलाई उत्कृष्ट ऋण भुक्तानीकर्ता सदस्य र १ जना सदस्यलाई उत्कृष्ट सदस्य बृद्धिकर्ता सदस्यको रुपमा सम्मानित गरिएको थियो । 

संस्थाकी उपाध्यक्ष गिरिजा चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा संस्थाका हरि बहादुर थापा, पार्वती भुसाल, कुलाराज भट्टराई, जगत राम यादव, हरि बहादुर कुँवर, डिल्लि राज दहाल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिब ऋषिराज रावत क्षेत्रीले गर्नुभएको थियो । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१६ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१६ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप