दोलखा जिल्ला बचत संघको २३औं बार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दोलखा जिल्ला बचत संघको २३औं बार्षिक साधारणसभा सम्पन्न

दोलखा । दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को २७औं  स्थापना दिवस तथा २३औं बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संघका अध्यक्ष भुमिराज खड्काको अध्यक्षतामा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । कार्यक्रममा विशेष आतिथ्यता नेफ्स्कूनका सञ्चालक सदस्य जिवसराज खड्का, बागमती प्रदेश सहकारी संघका महासचिव भिम दाहाल, जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईं, तत्कालिन जिल्ला विकास समितिका पूर्व सभापति लालकुमार केसी सहित स्थानीय सहकारी प्रतिनिधिहरु उपस्थित हुनुहुन्थ्यो । 

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले साकोस सबलीकरणका लागि स्थिरीकरण र स्तरीकरण प्रमुख रहेको चर्चा गर्दै स्थिरीकरण कोष अभियानको कोषको रुपमा स्थापित गर्न सबैको साथ सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेफ्स्कूनद्वारा सञ्चालित स्तरीकरणका कार्यक्रमहरुले संस्थालाई नीति, विधि र प्रविधि प्रयोगमा डोहोर्याउँदै सदस्यको बचतको सुरक्षा, दीगो संस्थागत विकास र प्रवर्धनमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्नुभयो । अध्यक्ष पौड्यालले दोलखा जिल्ला साकोस एकरुपता प्रणालीमा नमुना जिल्ला भएको प्रशंङ्ग उल्लेख गर्दै नेफ्स्कूनले सदस्यहरुलाई उच्च स्तरको प्रतिस्पर्धी  सेवा उपलब्ध गराउँदै साकोस अभियानलाई प्राविधिकीकरण र सञ्जालीकरणमा जोड्न एकीकृत प्रविधि सेवा प्रारम्भको तयारीमा लागिरहेको बताउनुभयो । 

सभामा उपस्थित विशेष अतिथि र अतिथिहरुले पनि बचत संघ र अभियानको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।  

सभामा संघका महासचिव अनिल श्रेष्ठले आगामी वर्षको निति तथा कार्यक्रम,  कोषाध्यक्ष तेञ्जीङ शेर्पाले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक डम्बर बहादुर खड्काले  लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नुभएको थियो ।
 
सभामा कोरोना भाइरस संक्रमणबाट असामयिक निधन हुनुभएका सहकारी अभियन्ता राष्ट्रिय सहकारी महासंघका सल्लाहकार तथा बागमती प्रदेशका माननिय सांसद स्वर्गिय पशुपति चौलागाई, सहकारीकर्मि तथा पत्रकार स्वर्गिय रविन्द्र गौतम र जनउपकार बचत तथा ऋण सहकारी संस्था जुगु मा कार्यरत कर्मचारी ऋण साहायक केशवकुमार खड्काप्रति समवेदना प्रकट गरिएको थियो भने कर्मचारी खड्काको परिवारलाई समवेदनापत्र साथै नगद रु ११ हजार १ सय ११ सहयोग प्रदान गरिएको थियो । 

सभामा स्वागत मन्तव्य संघका सञ्चालक पूर्णदेवी तामाङले गर्नुभएको थियो । सभाले आजै विभिन्न विधामा उत्कृष्ट संस्था र कर्मचारीहरुलाई पुरस्कृत समेत गरेको थियो । जसअन्तर्गत स्थानीय क्षेत्रभित्र कार्यक्षेत्र भएका उत्कृष्ट साकोसहरुः सिर्जना साकोस, चाँपखोला साकोस, जनचेतना साकोस, जनश्रमिक साकोस, दिपशान्ति साकोस, मागादेउराली साकोस, शिवशक्ति साकोस, सावला देविमहिला साकोस र शुभप्रभात साकोसलाई सम्मान गरेको थियो । त्यसैगरी उत्कृष्ट ऋणि संस्थामा नवजनउत्थान साकोस, उत्कृष्ट बचतमा एकीकृत फ्रेण्डसीप साकोस, उत्कृष्ट सेयर खरिदमा जनसचेतन साकोस र उत्कृृष्ट सहकारी संस्थामा अर्थभूमि साकोस सम्मानित भएका थिए । त्यसैगरी जनसचेतन साकोसका प्रमुख कार्यकारी अधिकृत नवराज दाहाललाई उत्कृष्ट व्यवस्थापक पुरस्कार प्रदान गरेको थियो । हाल संघमा कुल १४ करोडको कारोबार र १ सय ७२ सदस्य छन् ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१८ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१८ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप