बचत संघद्वारा बजरप्रतिनिधिहरुका लागि क्षमता अभिबृद्धि तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बचत संघद्वारा बजरप्रतिनिधिहरुका लागि क्षमता अभिबृद्धि तालिम सञ्चालन

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को तालिम व्यवस्थापन उपसमितिको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा एक दिवसीय बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धि तालिम शुक्रबार भक्तपुरमा सम्पन्न भएकोछ । संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले संस्थाको सेवा सदस्यको घरदैलोमै पुर्याउने आवधारणको विकास भएर संस्थाले बजार प्रतिनिधिहरुको व्यवस्था गरेको बताउनुभयो । उहाँले बजार प्रतिनिधिले रकम संकलन गर्ने काम मात्र नगरी सहकारीको मुल्य मान्यता र सिद्धान्तबारे ज्ञानहासिल गरी सदस्यलाई सेवा दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

संघका संचालक एंव उपसमितिका संयोजक इन्द्रप्रसाद व्यान्जुले संस्थाका बजार प्रतिनिधि संस्थाको प्रमुख सेवा प्रदायक भएकोले संस्थाको बस्तु तथा सेवा विक्रीमा महत्वपुर्ण भुमिका रहने कुरा बताउनुभयो । उहाँले संस्था र आफ्नो व्यक्तिगत विकासका लागि तालिमबाट सिकेका व्यवहारिक ज्ञान तथा सिपको प्रयोगमा जोड दिनुभयो । 

तालिमको समापन समारोह संचालन गर्दै संघका व्यवस्थापक बालकृष्ण धोजुले सहकारीका बस्तु तथा सेवा बजारमा सदस्यमाझ पुर्याउनुको साथै सदस्यको नियमित हेरचाह र सहकारी शिक्षा, सन्देश प्रवाहमा बजार प्रतिनिधिले जोड दिनुपर्ने कुरा बताउनुभयो । तालिममा सहभागीहरुले तालिमले आफूले गर्दै आएको कार्यको क्षमता अभिवृद्धिमा सहयोग पुर्याएकोमा खुशी व्यक्त गर्दे तालिमबाट सहकारीका मूल्य सिद्धान्त, बजार प्रतिनिधिको काम कर्तव्य र भुमिका, बजार प्रतिनिधिमा हुनुपर्ने गुणहरु, बजार व्यवस्थापन, बजार प्रतिनिधिले ध्यानदिनुपर्ने कुराहरु, बजारीकरणका सिप लगाएतका विषयहरु सिकेको बताउनुभयो । तालिममा सदस्य संस्थामा कार्यरत ३३ जना बजार प्रतिनिधिहरुको सहभागिता थियो । तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो । 

भर्खरै
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

४ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

४ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

५ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३१ दिन अगाडि

पाठकबाट थप