आर्थिक विकास मित्र साकोसको संस्थागत विकास तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आर्थिक विकास मित्र साकोसको संस्थागत विकास तालिम सम्पन्न

काठमाडौं । आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था लि. पाँचखाल–४, काभ्रेको संस्थागत विकास तालिम भक्तपुरको नगरकोटमा हिजो सम्पन्न भएको छ । साकोसका अध्यक्ष सरोज सापकोटाको अध्यक्षतामा आयोजित तीन दिवसीय तालिमको समापन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष पौड्यालले सहकारीले प्रदान गर्ने सेवालाई  परिष्कृत गर्दै प्रविधि मैत्री बनाउनु पर्ने, नगदरहित सेवा प्रवाहका लागि आवश्यक  क्षमता विकास गराउनु पर्ने, बजारको स्वरूप र प्रकृतिमा परिवर्तन देखापर्दै गएकोले सोका लागि सहकारी तयार रहनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले सदस्यको गुणस्तरीय जीवनका लागि सहकारीले योगदान पुर्याउन सक्षम बनाउने अभियानमा नेफ्स्कून प्रयत्नशील रहेको बताउनु भयो । गुणस्तरयुक्त सहकारी सञ्चालनमा सञ्चालक र व्यवस्थापक दुवै रचनात्मक तथा सिर्जनशील हुनुपर्छ । उहाँले भन्नुभयो, “सहकारीका सदस्यहरूलाई सँगसँगै बाँच्ने, सँगै सोच्ने, सँगै काम गर्ने अभियानमा सहभागी गराउन आर्थिक विकास मित्र साकोस अगाडि बढ्नुपर्छ, त्यसमा साथ दिन नेफ्स्कून सँधै अभिभावकीय भूमिकामा रहेको छ ।” 

कार्यक्रममा सभाध्यक्ष सापकोटाले सहकारीको गुणात्मक विकास, स्थायित्व तथा दीगोपनका लागि पैरवी गर्न, विद्यमान अवस्थामा सहकारी संस्थाहरूको तरलता व्यवस्थापन लागि ठोस कदम चाल्न आग्रह गर्दै संस्थागत क्षमता अभिबृद्धि तालिमको सिकाइलाई सहकारीको विकासमा पूर्ण रूपमा कार्यान्वयन गर्न २० बुँदे प्रतिबद्धतासहितको मन्तव्य राख्नु भएको थियो । त्यसैगरी साकोसका सञ्चालक समिति सदस्य बैकुण्ठ प्रसाद न्यौपाने र प्रमुख कार्यकारी अधिकृत ठाकुरनाथ अधिकारीले सिकाइलाई व्यवहारमा जोड्न साकोस परिवारको तर्फवाट प्रतिबद्धभता व्यक्त गर्नुभएको थियो । तालिममा साकोसका सञ्चालक सदस्य, लेखा सुपरिवेक्षण समिति सदस्य, उपसमिति सदस्यहरु र व्यवस्थापन गरी १९ जनाको सहभागिता रहेको थियो । 

कार्यक्रमको सञ्चालन सचिव नारायण प्रसाद ढुङगानाले गर्नुभएको थियो । तालिम सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरे र कार्यक्रम अधिकृत कोमलराज अधिकारीले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप