लुम्बिनी प्रदेश बचत संघको रणनीतिक योजना निर्माण कार्य सुरु 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लुम्बिनी प्रदेश बचत संघको रणनीतिक योजना निर्माण कार्य सुरु 

रुपन्देही । लुम्बिनी प्रदेश बचत संघको व्यावसायिक रणनीतिक योजना निर्माण कार्य बुटवलमा आजबाट सुरु भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को प्राविधिक सहजीकरणमा चैत्र १५ र १६ गते रणनीतिक योजना निर्माण सम्पन्न हुँदैछ । स्थापनाको दुई बर्षमा संघले पहिलोपटक ४ बर्षे व्यावसायिक रणनीतिक योजना निर्माण गर्न लागेको हो ।

प्रदेश बचत संघका अध्यक्ष कृष्ण नेपालको अध्यक्षतामा आयोजित कार्यशालाको उद्घाटन राष्ट्रिय सहकारी महासंघका सञ्चालक भिम तुलाचनले गर्नुभएको थियो । 

प्रमुख अतिथि तुलाचनले अभियानमा प्रदेश, जिल्ला र केन्द्रीय संघहरु एक अर्काका प्रतिस्पर्धी नभएर अभियान सबलीकरणका लागि साझेदार सहयोगी भएको चर्चा गर्नुभयो । उहाँले सहकारी अभियान बृहत भइरहेको छ, यसलाई एकीकृत रुपमा विकास गर्न अब सरकारका तीनवटै तहहरुको सहयोग साथै सहकारीका जिल्ला, प्रदेश र केन्द्रीय संघहरुको सौहार्दता आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रमका विशिष्ट अतिथि नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले बचत ऋण सहकारी अभियानको सबलीकरणका लागि जिल्ला, प्रदेश र केन्द्रबीच ‘इन्टरकनेक्टेड मोडेल’को विकास हुनुपर्नेमा जोडदिनुभयो । उहाँले अभियानको मुलमन्त्र सदस्यहरुको सेवा र वित्तीय सुरक्षा रहेको प्रष्ट्याउँदै सवल र दिगो वित्तीय सहकारीको साझा सञ्जाल निर्माणमा सम्पूर्ण अभियान ऐक्यबद्ध हुनपर्ने बताउनुभयो । 

प्रदेश बचत संघका बरिष्ठ उपाध्यक्ष प्रकाश ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सदस्य सन्दिप सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 
रणनीतिक योजना निर्माण सहजीकरण नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमिल्सिनाले गर्नुभएको छ । 

कार्यक्रममा संघका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरु गरि १८ जनाको सहभागिता रहेको छ । 

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ मिनेट अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२४ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ मिनेट अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

पाठकबाट थप