धादिङ । धादिङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि.यतिबेला जिल्लास्तरीय सहकारी सम्मेलनको तीब्र तयारीमा जुटेको छ । जिल्लाको बचत ऋण सहकारी अभियान सुदृढीकरणका लागि संघको १७औं बार्षिक साधारणसभाले अनुमोदन गरे बमोजिम यही जेठ १५ गते पहिलो सहकारी सम्मेलन आयोजना गर्न लागिएको संघका अध्यक्ष नवराज शर्माले बताउनुभयो ।
सम्मेलनले जिल्लाको सहकारी अभियान सुदृढीकरणमा गति लिने विश्वास लिएका छौं, साकोस आवाजसँगको कुराकानीका क्रममा अध्यक्ष शर्माले भन्नुभयो, ‘आगामी बर्ष पनि यस्ता कार्यक्रमहरुको निरन्तरमा जोड दिँदै जानेछौं ।’
सहकारी अभियानका शिर्ष नेतृत्व जन्माउने जिल्लाका रुपले परिचित धादिङ आजसम्म सहकारी अभियानमा किन पछि छ भन्ने कुराले हामीलाई निकै घच्घच्याइरहेको छ उहाँले भन्नुभयो, “जिल्लाको सहकारी विकासमा आजपनि धादिङका सहकारी अभियन्ताहरु गम्भीर देखिनुहुन्न, त्यसतर्फ पनि विशेष वहशका लागि सम्मेलनले यउटा राम्रो फोरम तयार गर्नेछ भन्ने मलाई लागेको छ ।”
अर्को कुरा देशमा भर्खरै मात्र स्थानीय निर्वाचन सकिएर नवनिर्वाचित जनप्रतिनिधिहरु आइसक्नुभएको छ, उहाँहरुले पनि स्थानीय तहको विकासमा सहकारीको भूमिका कति महत्वपूर्ण छ भन्ने जानकारी राख्नुपर्छ, उहाँले भन्नुभयो–“सहकारी सुदृढीकरणका लागि स्थानीय जनप्रतिनिधि र कर्मचारीहरुलाई सहकारी बारे बुझाउन र सहकारीहरु बीच समान धारणा विकास गर्न सकियोस् भन्ने हेतुले पहिलो पटक जिल्ला स्तरीय सहकारी सम्मेलनको आयोजना गरेका हौं ।” सहकारी मार्फत के कति योगदान गर्न सक्यौं भन्ने कुराको जानकारी स्थानीय तहका जनप्रतिनिधिहरु सम्म पुर्याउने, निश्क्रिय रहेका सहकारी संस्थाहरुमा पुनर्जीवन प्रदान गर्ने र सहकारी सुदृढीकरणका लागि स्थानीय तहका जनप्रतिनिधिहरुलाई झक्झक्याउने उद्देश्य पनि सम्मेलनको रहेको उहाँले बताउनुभयो ।
प्रथम सहकारी सम्मेलनमा धादिङ जिल्लाका सबै सहकारीकर्मीहरु एकै ठाउँमा भेला भएर सहकारी आन्दोलन, नेपालमा सहकारीको वर्तमान अवस्था र भावि कार्यदिशा, सहकारी क्षेत्रका अवसर र चुनौती, सहकारीका अन्तर्राष्ट्रिय अभ्यास र नेपालमा त्यसको सम्भावना, सहकारी सम्बन्धी ऐन, कानुन र त्यसमा सुधार गर्नुपर्ने बुँदाहरु जस्ता महत्वपूर्ण विषयहरुमा छलफल तथा अन्र्तकृया हुनेछ । सम्मेलनमा प्रत्येक सहकारी संस्थाबाट अध्यक्ष र व्यवस्थापक गरी २ जनाको प्रतिनिधित्व सहित करिब २०० जना सहभागी हुने अपेक्षा गरिएको छ । अहिले सहभागी नाम दर्ताको क्रम चलिरहेको छ ।
सम्मेलनमा बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव बलराम निरौला, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का अध्यक्ष परितोष पौड्याल, राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्ग सुब्बा, नेपाल कृषी सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठक लगायतबाट अभियानका विषय केन्द्रीय विषयहरुको प्रस्तुती रहनेछ ।
१७औं बार्षिक साधारणसभा बाट निर्वाचित अध्यक्ष शर्माले निर्वाचित हुँदाका वखत पनि साकोस आवाजसँगको कुराकानीका क्रममा बचत संघलाई हालको अवस्थाबाट माथि उठाइ एक सुदृढ संघ बनाउने जिम्मेबारी पुरा गर्ने बचनबद्धता व्यक्त गर्नुभएको थियो । संघले सदस्यता र कारोबार बिस्तारको संभावना, स्थानीय तहहरुसँग समन्वय गरी संयुक्त रुपमा कार्यक्रमहरु आयोजना, नेफ्स्कूनसँगको सहकार्यमा ब्राण्डिङ कार्यक्रम विस्तार, संघको अगुवाइमा स्थानीय स्तरको आफ्नै गुणस्तर सुनिश्चितताको कार्यक्रम विकास गरिने लक्ष्य लिएको थियो । हाल लक्ष्य अनुरुप कार्यक्रमहरु अगाडि बढिरहेका छन् । नेफ्स्कूनद्वारा सञ्चालित गुणस्तर सुनिश्चितताको कार्यक्रम अन्तर्गत जोखिममा आधारित साकोस सुपरिवेक्षण (कर्ब्स) कार्यक्रममा संस्थाहरुको आवद्धता बढ्दो देखिएको छ । यसले सहकारीको गुणस्तर सुधारको क्षेत्रमा पनि केही प्रगति भइरहेको छ ।
कर्ब्स कार्यक्रममा पनि सहभागिता जनाउन नसक्ने साना संस्थाहरुलाई जिल्ला बचत संघले स्थानीय तहसँगको समन्वयमा जिल्ला स्तर साकोस सुदृढीकरण कार्यक्रमका लागि समन्वय समिति गठनको पनि तयारी गरिरहेको छ ।
सहकारीमा पूँजी निर्माण र परिचालनको माध्यमबाट उद्यमशिलताको विकास, वित्तीय समावेशीकरण, रोजगारी सिर्जना गरी गरिबी निवारणमा योगदान पुर्याउन सकिन्छ भन्ने विषय स्थानीय तहका जनप्रतिनिधिहरु सम्म पुर्याउने ध्येयका साथ जिल्ला बचत संघले आफ्ना कार्यक्रमहरु अगाडि सारेको छ । सहकारी मार्फत आर्थिक समृद्धि साकार पार्न स्थानीय तह र सहकारीको सहयात्रा आवश्यक रहने विषयलाई संघले सम्मेलन मार्फत जोडदार रुपमा उठाउन खोजिएको जनाएको छ ।
आज सहकारीहरु सहकारीको मूल मर्म र सिद्धान्त अनुरुप सञ्चालन हुन नसक्नु, राज्यबाट अनुदान प्राप्त सहकारीहरु गुमनाम हुँदा समेत अनुगमन नहुनु, संस्था एकीकरणमा जटिलता हुनु जस्ता चुनौतिले सहकारीको विकासमा बाधा पुगेको छ । यसको निराकरणका उपायहरु अपनाउदै सहकारी मार्फत उत्पादन बृद्धि, रोजगारी सृजना र गरिबी निवारणमा प्रमुखताका साथ काम गर्न अब राज्य, सहकारी संघ संस्था र सदस्यहरु एकसाथ अगाडि बढ्नुको विकल्प छैन ।
जिल्लामा करिब ४०० को संख्यामा विभिन्न विषयगत सहकारीहरु रहेका छन् । संघमा ६८ बचत तथा ऋण सहकारी संस्था आबद्ध छन् भने संघको हाल २२ लाख सेयर पुँजी र ९ करोड ५० लाख वासलात पुगेको छ ।
१ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
१२ दिन अगाडि
२७ दिन अगाडि
१ दिन अगाडि
२५ दिन अगाडि