मकवानपुरमा सदस्य सँग नेफ्स्कून अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मकवानपुरमा सदस्य सँग नेफ्स्कून अन्तरक्रिया

मकवानपुर । नेफ्स्कून मकवानपुर फिल्ड कार्यालयको आयोजनामा साकोस सँग सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेफ्स्कूनकी सञ्चालक एवम् मकवानपुर फिल्ड कार्यालय व्यवस्थापन उपसमितिकी संयोजक विद्मा कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष शान्ति अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोख्रेलको विशेष आतिथ्यता र जिल्ला वचत सघं मकवानपुरका कोषाध्यक्ष विष्णुमाया लामाको आतिथ्य रहेको थियो ।

कार्यक्रममा फिल्ड कार्यालय व्यवस्थापन उपसमितिका सदस्य राजु गौतम, राजेन्द्र प्रसाद पौडेल, बिजय बहादुर बस्नेत, कुमारी श्रेष्ठ लगायत विभिन्न साकोसका सञ्चालक समिति तथा व्यवस्थापन का प्रतिनिधिहरु सहित ३५ जनाको सहभागिता रहेको थियो । 

नेफ्स्कूनका अध्यक्ष परितोष पौडयालले सदस्यको आर्थिक विकास र गुणस्तर जिवन बृद्धि गर्न सकेमा मात्र सहकारी संस्था र सञ्चालक समितिको गरिमा बढ्ने विचार राख्नुभएको थियो । साथै सबैले परिवर्तनको चाहना राखी coming together र working together गर्न सकेमा मात्र प्रतिस्पर्धात्मक स्थान हासिल गर्न सकिने र बचत तथा ऋणको सञ्चालन सिद्धान्तको आठौ सिद्धान्त अनुसार सञ्जाल व्यवस्थापन गर्न सकिने प्रस्टयाउनु भएको थियो । 

नेतृत्वले समाधानको कुरा गर्नुपर्दछ । उहाँले भन्नुभयो, ‘जहिले पनि राम्रो कुरा तल लाने र नराम्रो कुरा माथि ल्याई समाधान गर्नुतर्फ जोड दिनुपर्छ ।’ साकोस सञ्चालनका क्रममा आउन सक्ने समस्याहरुलाई शक्तिमा बदली सहनशीलता र  सृजनशीलता विकास गरेर मात्रै लक्ष्य प्राप्तिमा पुग्न सकिने विश्वास अध्यक्ष पौड्यालले व्यक्त गर्नुभएको थियो । 

बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारी अभियानमा म भन्दा पनि हामी विचार राखी काम गर्नु पर्ने विचार व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको महत्व माथि प्रकाश पार्दे उपाध्यक्ष शान्ति अधिकारीले नेफ्स्कूनले प्रदान गर्ने वस्तु तथा सेवामा सहभागिताका लागि अनुरोध गर्नुभएको थियो । कार्यक्रममा उपस्थित साकोसहरुले नेफ्स्कूनले प्रदान गर्दै आएको वस्तु तथा सेवा, गुणस्तर सुनिश्चितता कार्यक्रम, तालिम माथि साकोसको अपेक्षा तथा सुझाव सकंलन गरि प्रस्तुत गर्नु भएको थियो । साकोसहरुले उठान गरेका विषयहरुमा प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोख्रेलले स्पष्ट पार्नु भएको थियो ।

कार्यक्रमका सभाध्यक्ष विद्मा कोइरालाले  उपस्थित सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नुभएको थियो । कार्यक्रम सञ्चालन कार्यक्रम अधिकृत बिदुर खड्काले गर्न्भएको थियो भने व्यवस्थापन फिल्ड इन्चार्ज ज्योति महतले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५१ दिन अगाडि

पाठकबाट थप