सुर्योदय साकोसको १६औं वार्षिक साधारणसभा, सदस्यहरुद्वारा रक्तदान 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुर्योदय साकोसको १६औं वार्षिक साधारणसभा, सदस्यहरुद्वारा रक्तदान 

सर्लाही । सर्लाहीको बागमती नगरपालिका वडा नं. ६ मा अवस्थित सुर्योदय बचत तथा ऋण सहकारी संस्था लि.को १६औं वार्षिक साधारणसभा असोज २८ गते सम्पन्न भएको छ । सभाको उद्घाटन बागमती नगरपालिकाका  नगर प्रमुख भरत कुमार थापाको प्रमुख आतिथ्यतामा भएको थियो । 

सभामा जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीका अध्यक्ष बाबुराम घिमिरेको विशिष्ट आतिथ्यता र नेफस्कूनका कार्यक्रम अधिकृत सुरज चालिसे, नेफस्कूनका फिल्ड कार्यालय प्रमुख महेश बराल, राष्ट्रिय सहकारी बैक लि.  हरिवनका शाखा प्रमुख नारायण लामिछाने, थानीय सहकारीकर्मी, वित्तीय संस्थाका विशिष्ट व्यक्तिहरु, पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।

बागमती नगरपालिका र बरहथवा नगरपालिका कार्यक्षेत्र रहेको यस साकोसको ४ वटा कार्यालयहरु सञ्चालन गरि सदस्यहरुमा वित्तीय सेवा प्रदान गरिरहेको छ । कार्यक्रममा उत्कृष्ण बचतकर्तातर्फ उत्तम कुमार कोइराला, उत्कृष्ण ऋणतर्फ सोशिला देवि राउत कुर्मि, बाल बचतकर्ता तर्फ प्रजित मैनाली, उत्कृष्ण समुहतर्फ संजिता महिला समुह र संस्थाको प्रगतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका नेफस्कूनका कार्यक्रम अधिकृत सुरज चालिसेलाई सम्मान गरिएको थियो ।

सभामा नेफस्कूनका कार्यक्रम अधिकृत सुरज चालिसेले बचत तथा ऋण सहकारी संस्थामा सदस्यरुको भूमिका र साधारणसभाबारे सदस्य शिक्षा प्रदान गर्नु भएको थियो ।

साकोसले १६औं वार्षिक साधारणसभाको अवसरमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । नेपाल रेडक्रस सोसाईटी उप शाखा राजघाटको सहयोगमा सञ्चालित कार्यक्रममा १४ जना महिला र ९६ जना पुरुषले गरि १ सय १० जना सदस्यहरुले रक्तदान गर्नु भएको थियो ।

संस्थाका अध्यक्ष जवाहारलाल कुशवाहाको अध्यक्षतमा सम्पन कार्यक्रम सञ्चालन साकोसका कोषाध्यक्ष इन्द्र प्रसाद दाहालले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप