कोलमतेश्वर साकोसको १७औं बार्षिक साधारणसभा सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कोलमतेश्वर साकोसको १७औं बार्षिक साधारणसभा सम्पन्न 

काठमाडौं । कोलमतेश्वर बचत तथा ऋण सहकारी संस्था लि. काठमाडौंको १७औं वार्षिक साधारणसभा असोज २९ गते, शनिवार सम्पन्न भएको छ । साकोसका अध्यक्ष शिवहरी पौडेलको अध्यक्षतामा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गर्नुभएको थियो । सभामा स्थानीय अन्य सहकारी संस्थाका अध्यक्षहरु, नागरिक अगुवाहरु सहित शेयर सदस्यहरुको उत्साहजनक सहभागिता रहेको थियो । 

प्रमुख अतिथि ढकालले सभालाई सम्बोधन गर्दै सहकारीका समसामयिक समस्या तथा चुनौतिहरु र तिनका समाधानका उपायहरुबारे सुझाउनुभएको थियो । सुशासित सहकारी सञ्चालनका मार्गदर्शनहरु बारे प्रष्ट पार्दै उपाध्यक्ष ढकालले बचत तथा ऋण सहकारी अभियानको सुदृढीकरणका लागि नेफ्स्कूनले अगाडि सारेका कार्यक्रमसँग आवद्ध रहन र अन्य समस्या तथा चुनौति निकारकरणका लागि समेत नेफ्स्कूनको पहलकदमीका लागि झक्झक्याइरहन अनुरोध गर्नुभएको थियो । 

साधारणसभामा बार्षिक प्रगति प्रतिवेदन साकोसका सचिव विन्दु पुडासैनी सिंखडाले प्रस्तुत गर्नुभएको थियो । साकोसमा हाल ४ हजार ५ सय शेयर सदस्य रहेको प्रस्तुतीका क्रममा जानकारी गराइएको थियो । कोषध्यक्ष ईश्वर कृष्ण घिमिरेले साकोसको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कुल २९ करोड ५० लाख रुपैंयाको कारोबार गर्न साकोस सफल भएको जानकारी गराउनुभएको थियो । 
साकोसमा करिब २२ करोड बचत संकलन र करिब २१ करोड ऋण लगानी रहेको जनाइएको छ । मुख्य कार्यालय सहित गोठाटारमा एक सेवा केन्द्र सञ्चालनमा रहेको साकोसले सदस्य बृद्धिको लक्ष्यलाई अगाडि सार्दै साँखुमा सेवा केन्द्र विस्तार गर्ने योजना बनाएको छ । 

साकोसका लेखा सुपरिवेक्षण समितिका संयोजक हेमन्त प्रसाद दाहालले लेखा सुरपरिक्षेण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

साधारणसभामा जेष्ठ नागरिक शेयर सदस्य, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणि, असल कारोबारी र उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । सदस्य क्रियाशिलताका कार्यक्रमलाई जोड दिने लक्ष्यका साथ साकोसले शेयर सदस्यहरुलाई सहकारी अवलोकन भ्रमण, बृद्ध सदस्यहरुलाई तीर्थाटन लगायतका कार्यक्रम गर्ने जनाएको छ । 

भर्खरै
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

५ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

६ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

लोकप्रिय
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३२ दिन अगाडि

पाठकबाट थप