श्री जनज्योती साकोसको संस्थागत विकास तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
श्री जनज्योती साकोसको संस्थागत विकास तालिम सञ्चालन

तनहुँ । श्री जनज्योती बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक समिति उपसमिति तथा कर्मचारीहरुले संस्थागत विकास तालिम लिएका छन् । तनहुँको बन्दीपुरमा आश्विन २८ देखि ३० गते सम्म सञ्चालित तालिमको उद्घाटन सत्र साकोसका अध्यक्ष रविन भुजेलको अध्यक्षता र नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालका प्रमुख आतिथ्यतामा भएको थियो । तालिम उद्घाटन सत्रमा भानु नगरपालिकाका नगर प्रमुख आनन्द राज त्रिपाठी, अधिवक्ता शिव कुमार अधिकारीको विशेष आतिथ्यता रहेको थियो । 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सहकारीको समसामयिक वस्तुस्थिति, संघले अभियानमा खेलेको भूमिका तथा साकोसले गर्नुपर्ने कामहरुबारे जानकारी गराउनुभएको थियो । सहकारीले तरलता व्यवस्थापनमा ध्यान दिँदै सदस्यको बचतको सुरक्षामा लाग्नुपर्ने, नीति, विधि र प्रविधि प्रयोगमा जोडदिनुपर्ने भन्दै बचत तथा ऋण सहकारी संस्थाका लागि आवश्यक जस्तो सुकै सहयोग गर्न नेफ्स्कून तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । उहाँले संस्थागत विकास तालिमले संस्था सञ्चालनमा प्रभावकारीता ल्याउने हुँदा तालिमबाट प्राप्त ज्ञान सीपको प्रभावकारी कार्यान्वयका लागि आग्रह गर्नुभएको थियो । 

भानु नगरपालिकाका प्रमुख आनन्द राज त्रिपाठीले स्थानीय तहमा जति पनि विकास भएको छ त्यो सवै भौतिक विकास मात्र भएको र अब आर्थिक विकासमा लाग्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो । स्थानीय बासीहरुको आर्थिक विकासका लागि सहकारी मात्र एक उत्तम विकल्प रहेको उहाँले बताउनुभयो । उद्यमशिलता विकासका कार्यक्रमहरु सहकारीमार्फत गर्न नगरपालिकाको पनि सोच रहेकोले जनज्योती साकोससँगको सहकार्यमा कार्यक्रम अगाडि बढ्ने विश्वास लिएको नगर प्रमुख त्रिपाठीले बताउनुभयो । उहाँले नेफ्स्कूनले विकास गरेको आधारशिला कार्यक्रमसँग सम्झौता गरी नगरपालिकाले सहकारीको वृद्धि विकास साथै आर्थिक विकासका कार्यक्रम गर्न तत्पर रहेको जानकारी गराउनुभयो ।

तालिममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति लगायत उपसमिति र व्यवस्थापनका गरी २७ जनाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण बरिष्ठ कार्यक्रम अधिकृत भरत प्रसाद न्यौपाने र तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नु भएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

३ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२३ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३६ दिन अगाडि

पाठकबाट थप