श्री जनज्योती साकोसको संस्थागत विकास तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
श्री जनज्योती साकोसको संस्थागत विकास तालिम सञ्चालन

तनहुँ । श्री जनज्योती बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक समिति उपसमिति तथा कर्मचारीहरुले संस्थागत विकास तालिम लिएका छन् । तनहुँको बन्दीपुरमा आश्विन २८ देखि ३० गते सम्म सञ्चालित तालिमको उद्घाटन सत्र साकोसका अध्यक्ष रविन भुजेलको अध्यक्षता र नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालका प्रमुख आतिथ्यतामा भएको थियो । तालिम उद्घाटन सत्रमा भानु नगरपालिकाका नगर प्रमुख आनन्द राज त्रिपाठी, अधिवक्ता शिव कुमार अधिकारीको विशेष आतिथ्यता रहेको थियो । 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सहकारीको समसामयिक वस्तुस्थिति, संघले अभियानमा खेलेको भूमिका तथा साकोसले गर्नुपर्ने कामहरुबारे जानकारी गराउनुभएको थियो । सहकारीले तरलता व्यवस्थापनमा ध्यान दिँदै सदस्यको बचतको सुरक्षामा लाग्नुपर्ने, नीति, विधि र प्रविधि प्रयोगमा जोडदिनुपर्ने भन्दै बचत तथा ऋण सहकारी संस्थाका लागि आवश्यक जस्तो सुकै सहयोग गर्न नेफ्स्कून तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । उहाँले संस्थागत विकास तालिमले संस्था सञ्चालनमा प्रभावकारीता ल्याउने हुँदा तालिमबाट प्राप्त ज्ञान सीपको प्रभावकारी कार्यान्वयका लागि आग्रह गर्नुभएको थियो । 

भानु नगरपालिकाका प्रमुख आनन्द राज त्रिपाठीले स्थानीय तहमा जति पनि विकास भएको छ त्यो सवै भौतिक विकास मात्र भएको र अब आर्थिक विकासमा लाग्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो । स्थानीय बासीहरुको आर्थिक विकासका लागि सहकारी मात्र एक उत्तम विकल्प रहेको उहाँले बताउनुभयो । उद्यमशिलता विकासका कार्यक्रमहरु सहकारीमार्फत गर्न नगरपालिकाको पनि सोच रहेकोले जनज्योती साकोससँगको सहकार्यमा कार्यक्रम अगाडि बढ्ने विश्वास लिएको नगर प्रमुख त्रिपाठीले बताउनुभयो । उहाँले नेफ्स्कूनले विकास गरेको आधारशिला कार्यक्रमसँग सम्झौता गरी नगरपालिकाले सहकारीको वृद्धि विकास साथै आर्थिक विकासका कार्यक्रम गर्न तत्पर रहेको जानकारी गराउनुभयो ।

तालिममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति लगायत उपसमिति र व्यवस्थापनका गरी २७ जनाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण बरिष्ठ कार्यक्रम अधिकृत भरत प्रसाद न्यौपाने र तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नु भएको थियो ।

भर्खरै
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

४ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

४ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

५ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३१ दिन अगाडि

पाठकबाट थप