भानु नगरपालिकाका सहकारीहरुको जागरण अभियान सुरु 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भानु नगरपालिकाका सहकारीहरुको जागरण अभियान सुरु 

तनहुँ । भानु नगरपालिकासँग नेफ्स्कून र स्थानीय निकाय बीचको संयुक्त साझेदारीमा सञ्चालन हुने ‘आधारशिला’ कार्यक्रम कार्यान्वयन सम्झौता भएको छ । कार्यक्रमको कार्यान्वयन सम्झौता सँगै अब नगरपालिका भित्र सञ्चालित  सहकारीहरुको जागरण तथा विकासको चरण सुरु भएको छ । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले स्थानीय तहको मातहतमा रहेका, ग्रामिण र दुर्गम क्षेत्रमा सञ्चालित सबै प्रकृतिका सहकारीहरुलाई लक्षित गरी सुरु गरेको आधारशिला कार्यक्रम अन्तर्गत नगरपालिकासँग कार्यक्रम कार्यान्वयन सम्झौता भएको हो । 

नगरपालिकाको कार्यालयमा असोज ३१ गते, सोमबार आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दीपक प्रसाद खतिवडा र नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत भरत प्रसाद न्यौपानेले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । कार्यक्रम भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीको विशेष उपस्थितिमा भएको थियो । नगरपालिकाको कार्यक्षेत्र भित्र विभिन्न प्रकृतिका ६३ सहकारी छन । 

आधारिशला कार्यक्रम स्थानीय निकायहरुसँगको समन्वय र सहकार्यमा सबै प्रकृतिका सहकारीहरुको सशक्तिकरण गर्ने नेफ्स्कूनको नयाँ कार्यक्रम हो । आधारशिला कार्यक्रमको लोकप्रियता पछिल्लो समय बढ्दै गइरहेको छ । स्थानीय तहहरु पनि नेफ्स्कूनले सञ्चालन गरेको यो कार्यक्रममा सहभागिता जनाउँदै आफ्नो क्षेत्रका सहकारीहरुको जागरण, विकास, प्रवर्धन र सञ्जालीकरणका लागि क्रियाशिल देखिएका छन् ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप