त्रिवेणी साकोसको आयोजनामा प्रोबेसन मध्यतराई पाँचौ समूहको १३औ सिकाई कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
त्रिवेणी साकोसको आयोजनामा प्रोबेसन मध्यतराई पाँचौ समूहको १३औ सिकाई कार्यशाला सम्पन्न

काठमाडौं । पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) मध्यतराई पाँचौ क्लस्टरको १३औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला बुधबार सम्पन्न भएको छ । 

त्रिवेणी साकोस हरिवन–६, सर्लाहीको आयोजना तथा नेफस्कूनको प्राविधिक सहयोगमा सञ्चालित कार्यशाला त्रिवेणी साकोसका अध्यक्ष नवराज हुमागाइको अध्यक्षता र हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीको प्रमुख अतिथ्यतामा भएको हो । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. सर्लाहीका अध्यक्ष वावुराम घिमिरेको विशेष आतिथ्यता र नेफ्स्कून फिल्ड कार्यालय हरिवनका प्रमुख महेश वरालको आतिथ्यता रहेको थियो ।   

कार्यशालाको सहजिकरण नेफस्कूनका कार्यक्रम अधिकृत विदुर खड्काले गर्नु भएको थियो । 
कार्यशालाका प्रमुख अतिथि हरिवन नगरपालिकाका प्रमुख बुढाथोकीले सहकारीहरुले उत्पादन मुलक क्षेत्रमा लगानि गर्नुपर्ने र सामाजिक उत्तरदायित्वपूर्ण कार्य गरेर सदस्यहरुको जीवन स्तर उकास्नु पर्ने वताउनुभयो । बुढाथोकीले सहकारीको बिगतका लामो अनुभव सम्झदै हालको सहकारीहरुलाई व्यक्तिमुखि नभै समुदायमा आधारित भई सञ्चालन हुन अनुरोध गर्नुभयो । मिटर ब्याजी आन्दोलनमा मुख्य भुमिकामा रहनुभएका नगर प्रमुख बुढाथोकीले मिटर ब्याजीबाट मुक्त समाज निर्माण गर्न सहकारीको महत्वपूर्ण भुमिका रहने बताउनु भयो । 

कार्यक्रममा जिल्ला बचत संघ सर्लाहीका अध्यक्ष बाबुराम घिमिरेले हाल सानासाना सहकारीहरुलाई  तरलता संकट जस्ता चुनौती सामना गर्न कठिनाइ भैरहेको अबस्था सम्झदै सहकारी मजबुतिका लागि मर्जर अभियानलाई अगाडि बढाउनु पर्ने तथा नयाँ सहकारी दर्तामा रोक लगाउनु पर्नेमा जोड दिनु भयो । 

कार्यक्रम सहजकर्ता विदुर खडकाले पुँजी पर्याप्तता तथा पर्ल्स विश्लेषण सम्बन्धि जानकारी गराउदै उपस्थित सवै सहकारीहरुलाई  सोही अनुसारको विधि अवलम्न गर्न अनुरोध गर्नुभयो । 

कार्यशालामा पाँचौ क्लष्टरमा आवद्ध सिन्धुली जिल्लाका मिलिजुली साकोस र सिन्धु साकोस त्यस्तै महोत्तरी जिल्लाको बर्दिवास साकोस, सर्लाहीको जनहित साकोस, डुमडुमे साकोस र त्रिवेणी साकोस  साथै रौतहट जिल्लाबाट चन्द्रोदय साकोस गरि ७ वटा साकोसको सहभागिता रहेको कार्यशालाको कार्यक्रममा स्वागत मन्तव्य त्रिवेणी साकोसका व्यवस्थापक रामलाल महतोले राख्नु भएको थियो ।

कार्यशालामा उपस्थित सवै साकोसका ब्यवस्थापकहरुले आ–आफ्नो वित्तीय विवरण प्रस्तुत गर्नु भएको थियो ।  कार्यशालाको अध्यक्षता गर्नुभएका आयोजक साकोसका अध्यक्ष हुमागाइले सहभागी सवै साकोसका प्रतिनिधिहरुलाई मायाको चिनो हस्तान्तरण गर्दै अर्काे १४औँ  कार्यशाला चैत्र २४ गते जनहित साकोस रानीगन्ज, सर्लाही को आयोजनामा हुने जानकारी गराउँदै कार्यशाला समापन भएको घोषणा गर्नुभएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२१ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२१ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप