भक्तपुर नगरकोट । काठमाडौं थानकोट स्थित थानकोट महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि. को संस्थागत विकास तालिम सम्पन्न भएको छ ।
नेफ्स्कूनको प्राविधिक सहजीकरणमा नगरकोट भक्तपुरमा पौष २६ देखि २८ गतेसम्म सञ्चालित संस्तागत विकास तालिममा साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिका संयोजक एवम् सदस्यहरु र उच्च व्यवस्थापनका कर्मचारीहरु गरी २१ जनाको सहभागिता रहेको थियो ।
साकोसका अध्यक्ष सपना श्रेष्ठको अध्यक्षता, वागमती प्रदेशकी नवनिर्वाचित सांसद विन्दु श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन भएको थियो ।
संस्थाकी अध्यक्ष श्रेष्ठले संस्थागत विकास तालिमले सुशासन कायम हुनेमा विश्वास लिइएको बताउँदै तालिम पश्चात नेपाल स्तरको प्रोवेसन ब्राण्ड हासिल गर्ने उद्देश्यका साथ संस्थागत विकासको कार्यमा जोड दिइने उल्लेख गर्नुभयो ।
सहभागीहरुले तालिम निकै उपलव्धिमुलक हुनुको साथै तालिमबाट व्यवहारिक ज्ञान प्राप्त भएको र सो ज्ञानलाई संस्थामा कार्यान्वयनमा ल्याई संस्थागत विकासमा मद्दत गर्ने प्रतिवद्धता समेत जनाउनु भएको थियो ।
संस्थागत विकास तालिमको सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमल राज अधिकारी र तालिम अधिकृत उमेश कोईरालाले गर्नुभएको थियो ।
२० घण्टा अगाडि
२१ घण्टा अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
११ दिन अगाडि
२० घण्टा अगाडि
२८ दिन अगाडि
१६ दिन अगाडि
१९ दिन अगाडि
२० दिन अगाडि
१७ दिन अगाडि
१९ दिन अगाडि
२६ दिन अगाडि