काठमाडौं । एशियाली ऋण महासंघ (अक्कू) फोरम २०२३ नेपालमा आयोजना हुने भएको छ ।
आज नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कून र अक्कूबीच दिपक्षीय समझदारी भएको छ । एशियाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यान रोक्के र संघका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलबीच नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल र आक्कूका चिफ अफ टेक्निकल अफिसर रञ्जित हित्तराचीको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकको संयुक्त आयोजना रहने फोरम आगामी सेप्टेम्बरमा हुने कार्यक्रम तय भएको छ । यसअघि सन् २०२० मा अक्कू फोरम नेपालमा आयोजना गर्ने घोषणा भएको भएपनि कोभिड १९ का कारण स्थगित भएको थियो । सो अवसरमा अक्कूका प्रतिनिधिले नेफ्स्कूनको मुख्य कार्यालय र स्थिरीकरण कोषको सचिवालयको समेत अवलोकन गर्नुभएको थियो ।
एशियाली ऋण महासंघका अनुसार उक्त कार्यक्रममा २५ भन्दा बढी देशहरुबाट ४०० भन्दा बढी बचत तथा ऋण सहकारी अभियानकर्मीहरुको सहभागीता रहनेछ ।
आजै, एशियाली ऋण महासंघका प्रमूख कार्यकारी अधिकृत र चिफ अफ टेक्निकल अफिसरले भुमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा.डामोदर रेग्मीसँग भेट गरी नेपालको साकोस अभियानको समसामयिक विषयमा छलफल समेत गर्नुभएको छ ।
६० मिनेट अगाडि
२४ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
८ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
२७ दिन अगाडि
१६ दिन अगाडि
६० मिनेट अगाडि
१८ दिन अगाडि
१९ दिन अगाडि
१७ दिन अगाडि
१९ दिन अगाडि
२५ दिन अगाडि