तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन बिहिबारदेखि शुरु हुँदै, सम्पूर्ण तयारी पुरा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन बिहिबारदेखि शुरु हुँदै, सम्पूर्ण तयारी पुरा

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको संयुक्त आयोजनामा विहिबारदेखि काठमाडौंको होटल याक एण्ड यतिमा तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन शुरु हुँदैछ । प्रत्येक ५ वर्षको अन्तरालमा हुँदै आएको राष्ट्रिय सहकारी महासम्मेलन यो तेस्रो पटक हो ।

चैत २३ देखि २५ गतेसम्म सञ्चालन हुने सम्मेलनमा तीनै तहको सरकारका प्रतिनिधि, जनप्रतिनिधि, सातै प्रदेशका सहकारीकर्मी, निजी क्षेत्रका प्रतिनिधि, गैर सरकारी संघ/संस्थाका प्रतिनिधिहरू विश्वविद्यालयका प्राध्यापकहरू, बैंकर्स र अन्तर्राष्ट्रिय सहकारी अभियन्ताहरूको समेत बाक्लो उपस्थितिका बीच सहकारीको दिगोपनका लागि स्वनियमन तथा सुशासन भन्ने थिमका साथ आयोजना हुन गइरहेको महासम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आज एक पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । 

महासम्मेलनलाई एसिया प्यासिफिकका देशका प्रतिनिधिहरूले समेत महत्वपूर्ण  रुपमा हेरिरहेका र सोही अवसर पारेर अन्तर्राष्ट्रिय सहकारी महासंघ एसिया प्रशान्त क्षेत्र र नेडाकको बैठक समेत आयोजना हुने महासंघले जनाएको छ । चैत २३ गते २ बजे सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुहुने कार्यक्रमको समापन चैत २५ गते पूर्व प्रधानमन्त्री माननीय केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

तीन दिवसीय उक्त सम्मेलनमा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले उद्घाटन सत्रमा नेपालको अर्थतन्त्र र सहकारीको विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । त्यसैगरि अन्तर्राष्ट्रिय सहकारी महासंघका अध्यक्ष एरियल ग्वार्कोले भर्चुअल रूपमा महासम्मेलनलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । 

अन्तर्राष्ट्रिय सहकारी महासंघ एसिया प्रशान्त क्षेत्रका अध्यक्ष चन्द्रपाल सिंह यादव, अल चाइना फेडरेसन अफ सप्लाई एण्ड मार्केटिंग कोअपरिभ लि. का उपाध्यक्ष काई केनहोंग, नेशनल एग्रिकल्चर कोअपरेटिभ फेडरेशन, दक्षिण कोरिया उपाध्यक्ष जे सिक लि.जापानिज कन्गुफा कोअपरेटिभ युनियनका उपाध्यक्ष सितोसे अराई, नेडाकका अध्यक्ष तथा आइएस एमडी पंकज कुमार बन्स्याल समेत महासम्मेलनमा सहभागी हुनुहुने छ । महासम्मेलनमा करीब १ हजार जनाको सहभागीता रहने महासंघले जनाएको छ । महासम्मेलनमा ११ वटा विषयमा व्यापक छलफल हुनेछन् । जसमा पूर्व अर्थमन्त्री, मन्त्रीहरू, पूर्व गर्भनर सचिवहरूसहित अन्तर्राष्ट्रिय सहकारी विज्ञहरूको प्रस्तुति रहने छ । महासम्मेलनमा अस्ट्रेलिया, जापान, भारत लगायतका विज्ञहरूको पनि महत्वपूर्ण प्रस्तुति रहने छ । 

महासम्मेलनले सहकारी क्षेत्रको योगदानहरूलाई संस्थागत गर्दै वर्तमान वित्तीय प्रणालीमा देखिएको संकटका मुद्दाहरूको संबोधन गर्नुका साथै सन् २०३० सम्मका लागि अभियानको स्पष्ट रणनीतिक गन्तव्य तय गर्ने अपेक्षा आयोजकको रहेको छ ।

महासम्मेलनमा सह–आयोजकका रूपमा राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून), साना किसान विकास लघुवित्त वित्तीय संस्था लि., हेफर इन्टरनेशन नेपाल, सहारा नेपाल साकोस झापा, नेपाल इनभेष्टमेन्ट मेगा बैंक, प्रभु को अपरेभिट सर्भिस रहेका छन् । साथै, महासम्मेलनको एकेडमिक पार्टनरका रूपमा काठमाडौ विश्वविद्यालय, डिजिटल पार्टनरका रूपमा इन्फोभेडलपर्स प्रा. लि., इन्स्युरेन्स पार्टनरको रूपमा सिटिजन लाइफ इन्सुरेन्स, मिडिया पार्टनरका रूपमा नेपाल सहकारी पत्रकार समाज र टिकेटिङ पार्टनरका रूपमा खल्ती रहेको छ । यसैगरी महासम्मेलनलाई राष्ट्रिय सहकारी विकास बोर्ड, भैरव टेक्नोलोजी, फष्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लि., युएसएड, गुडनेवर्स इन्टरनेशनल, कुमारी बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, नविल बैंक लिमिटेड र नेपाल टेलिकमले पनि सहयोग गरेको जनाइएको छ । 

तीन दिनसम्म चल्ने महासम्मेलनमा ११ वटा विषयवस्तुहरु प्रस्तुतीकरण हुनेछन । विषय प्रस्तोताहरुमा नेपाल सरकारका पूर्व अर्थ सचिव रामेश्वर खनाल, विजनेस काउन्सिल अफ को अपरेटिभ एण्ड म्युचलकी प्रमुख कार्यकारी अधिकृत मेलिना मोरिसन, आइसीए एपीका क्षेत्रीय निर्देशक बालु एयर, सहकारी सचिव डा. दामोदर रेग्मी, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, जेए जेन्यु जापानकी सिनियन म्यानेजर टोक्यो इचिया, महिला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहसचिव राधिका अर्याल, एनआरबी मौद्रिक व्यवस्थापन विभागका निर्देशक डा. रामशरण खरेल, बैंकर्श अनिल केशरी शाह, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द राज पोखरेल, कृषि तथा बन विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुन्य प्रसाद रेग्मी, महासंघका महाप्रवन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा, अध्यक्ष मिनराज कंडेल, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरे रहनुभएको छ । 

लोकप्रिय
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१० दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत भैरवी साकोसको स्थलगत सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत भैरवी साकोसको स्थलगत सुपरिवेक्षण

६ दिन अगाडि

सर्लाहि स्थित त्रीवेणी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
सर्लाहि स्थित त्रीवेणी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

नशिक साकोस स्क्यान कार्यक्रममा आबद्ध
नशिक साकोस स्क्यान कार्यक्रममा आबद्ध

६ दिन अगाडि

सुनसरी स्थित संञ्चित नारी विकास साकोस स्क्यान कार्यक्रममा आबद्ध
सुनसरी स्थित संञ्चित नारी विकास साकोस स्क्यान कार्यक्रममा आबद्ध

५ दिन अगाडि

पाठकबाट थप